एमाले संस्थापनइतर पक्षको पत्रकारसँग अन्तरसंवाद
काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा नेताहरूमा ध्रुवीकरण बढेको छ । महाधिवेशन आउन एक हप्ता पनि बाँकी नहुँदा अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिन संस्थापनइतर पक्ष अगाडि सरेको छ ।

यसैबीच, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेसहितका पदाधिकारीहरू महाधिवेशनकेन्द्रित अभियानमा जुटेका छन् ।
एमाले अध्यक्ष ओलीलाई छुट्टै अवधारणापत्र बुझाउनुअघि इतर पक्षका प्रभावशाली नेताहरू पत्रकारसँग अन्तरसंवाद कार्यक्रममा जुटेका हुन् । त्यसका लागि बागबजारस्थित होटल हार्दिकमा इतर समूहका प्रभावशाली नेताहरूको उपस्थिति रहेको छ ।
![]() |
![]() |
![]() |
|---|
कार्यक्रममा एमालेका उपाध्यक्षहरू ज्ञवाली, पाण्डे, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, कर्ण थापा, पर्शुराम गुरुङ, ठाकुर गैरे, गणेश पहाडी, उषाकिरण तिमिल्सिना र विनोद ढकालसहितका नेता उपस्थित हुँदै छन् । महाधिवेशनमा उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्षमा अगाडि सारेर यो समूह प्रतिस्पर्धामा उत्रिन लागेको हो ।



