क्षमता विकासका लागि चिनियाँ प्रोफेसर एईवी र लिन साओमीदुारा ३ दिने उसु प्रशिक्षण
काठमाडौँ– नेपाल उसु महासंघको आयोजनामा ओलम्पिक सोलिडारिटी नेशनल टेक्निकल कोर्स फर उसु कोचेज आउने मंसिर २१ गते आइतबारदेखि काठमाडौँमा हुने भएको छ । आज पनि कोर्स सञ्चालन भएको छ ।


अन्ताराष्ट्रिय उसु महासंघको मान्यता प्राप्त प्रशिक्षक एवं विज्ञ चिनियाँ प्रोफेसर एईवी र लिन साओमीले मंसिर २५ गतेसम्म चल्ने कोर्समा नेपाली प्रशिक्षकहरूलाई सिकाउनेछन्। सिकाइसँगै उनीहरुको दक्षताको पनि परीक्षण गरिने कार्यक्रम संयोजक महासंघका महासचिव लाक्पा छिरिङ लामाले जानकारी दिए ।

उसुका अन्ताराष्ट्रिय विज्ञ प्राविधिकहरुद्वारा दिइने टेक्निकल कोर्समा सात प्रदेश र ३ विभागीय टिमबाट सिफारिस भएर आउने प्रशिक्षकहरूलाई प्रशिक्षण दिइने उनको भनाइ छ ।

३ विभागीय टिमका तर्फबाट २–२ जना सान्सौ र २–२ जना थाउलोबाट गरी कुल १२ प्रशिक्षक सहभागी हुनेछन्। यसैगरी बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबाट १०–१० जना, लुम्बिनीबाट ८ जना, कर्णाली र कोशी प्रदेशबाट ६–६ जना, गण्डकीबाट ४ जना र मधेश प्रदेशबाट २ जनाको कोटा छुट्याइएको महासंघले जनाएको छ ।
जापानमा हुने आउँदै गरेको २० औँ एशियाली खेलकुद प्रतियोगिता, १० औँ जुनियर विश्व उसु च्याम्पियनसीप, डकार युथ ओलम्पिक लगायतमा नेपालको उपलब्धिमूलक सहभागितामा सघाउ पु¥याउने उद्देश्यले कोर्सको डिजाइन गरिएको महासंघले जनाएको छ ।

उसु प्रशिक्षकका लागि पहिलो कोर्स नेपालमै पहिलोपटक भएको छ । यो कोर्समा उत्तीर्ण हुने प्रशिक्षकलाई औपचारिक प्रशिक्षकको मान्यता दिइने उनले बताए। यस्तो खाले कोर्सले नयाँ नयाँ खेलाडी उत्पादनमा जोड दिने, उसुप्रति जागरुक बनाउने , क्षमता वृद्धिसँगै खेलाडीको स्तरोन्नतिमा टेवा पु¥याउने उद्देश्य यो कार्यक्रमको छ ।
