Close

Recent Posts

खाद्य कम्पनीले ८२ हजार क्विन्टल धान किन्यो

खाद्य कम्पनीले ८२ हजार क्विन्टल धान किन्यो
  • २३ मंसिर २०८२, सोमबार २०:४६

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ८२ हजार क्विन्टल धान खरिद गरेको छ । कम्पनीले गत कात्तिक ११ गतदेखि धनगढीबाट धान खरिद गर्न सुरु गरेको थियो । मंसिर २० गतेसम्म कम्पनीले किसानको ८२ हजार क्विन्टल धान खरिद गरेको छ ।

mulpatra

कम्पनीले डेढ महिनामा विभिन्न जिल्लाबाट उक्त परिमाणमा धान खरिद गरेको हो । कम्पनीले धान खरिदका लागि ७० करोड रुपैयाँ बजेट छुट्याएको छ । कुल १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य यस वर्षको छ । गत वर्ष कम्पनीले ७ लाख ३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेर २ अर्ब ६५ करोड रुपैयाँ बजेट छुट्याएको थियो ।

गत वर्ष व्यापारीले सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी दिएर किसानको धान किनेपछि कम्पनीले लक्ष्यको आधा पनि धान खरिद गर्न सकेको थिएन । गत वर्ष १ लाख २० हजार क्विन्टलमात्र धान खरिद गरेको थियो । यो वर्ष निजी व्यापारीले किसानलाई सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा ८ सयदेखि एक हजार सस्तो मूल्य दिएको हुँदा कम्पनीलाई लक्ष्य पूरा गर्न समस्या नभएको कम्पनीका खरिद व्यवस्थापन शाखाले जनाएको छ ।

mulpatra mulpatra mulpatra