देशभरका भन्सार एजेन्ट आन्दोलित, कार्यालयहरूमा ‘पेन डाउन’ गर्दै आन्दोलित
काठमाडौं– देशभरका भन्सार एजेन्टहरू आन्दोलित बनेका छन् । भन्सार एजेन्ट महासंघ नेपालले मंगलबार देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’सहित विरोध गरेका हुन् ।

महासंघ अध्यक्ष प्राचिनकुमार थैवका अनुसार भन्सार ऐन २०८२ प्रति आपत्ति जनाउँदै आन्दोलनरत महासंघले मंगलबार देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ गरेको छ ।
यस ऐनमा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरुको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुर्याउने वातावरण सृजना भएकाले आन्दोलनमा उत्रिनुपरेको उनले बताए ।
![]() |
![]() |
![]() |
|---|
भन्सार एजेन्टहरुको पेशा तथा व्यवसायगत हकहितका लागि भन्सार विभाग, अर्थ मन्त्रालय लगायत सरोकारवाला निकायहरूमा ऐनमा समेटिनु पर्ने विषयहरूबारे पटक पटक ध्यानाकर्षण गराउँदा समेत मागहरू बेवास्ता गरिएको उनको भनाइ छ ।
भन्सार एजेन्ट इजाजत पत्र प्राप्त व्यक्तिहरूलाई हतोत्साहित पार्ने खालको दण्ड जरिवानाका प्रावधानले एजेन्ट पेशा व्यवसायलाई प्रत्यक्ष असर पर्ने उनले बताए ।
ऐनमा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरुको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुर्याउने वातावरण सृजना भएको हुँदा विरोध स्वरूप भन्सार एजेन्ट महासंघ नेपालले मंगलबारदेखि देशभरका भन्सार कार्यालयहरूमा पेन डाउन लगायतका विरोध कार्यक्रम शुरु गरेको जनाएको छ ।
Image Source: © https://mulpatra.com
एजेन्टहरूले उठाएका मागहरूलाई समयमै समाधान नगरिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्न गरिने अध्यक्ष थैवले जानकारी दिए ।



