ट्रम्प प्रशासनले ११ महिनामा ८ हजार ५ सय विदेशीको भिसा खारेजी, ५५ लाखभन्दा बढी विदेशीमाथि निगरानी

ट्रम्प प्रशासनले ११ महिनामा ८ हजार ५ सय विदेशीको भिसा खारेजी, ५५ लाखभन्दा बढी विदेशीमाथि निगरानी
  • २४ मंसिर २०८२, मंगलवार २०:५९

काठमाडौं–अमेरिकाको ट्रम्प प्रशासनले ११ महिनामा ८ हजार ५ सय भिसा रद्द गरेको छ । अमेरिकाको राज्य विभागले दिएको जानकारी अनुसार ट्रम्प प्रशासनले जनवरीदेखि यता सबै श्रेणीका गरी ८५ हजार भिसा रद्द गरेको हो । जुन यो संख्या गत वर्षभन्दा दोब्बर बढी हो ।

mulpatra

रद्द गरिएका भिसामध्ये ८ हजारभन्दा बढी विद्यार्थी भिसा परेका छन्। भिसा खारेजीको यो उच्च दर अमेरिकाभित्र रहेका आप्रवासीहरूलाई कडाइका साथ निगरानी गर्ने र देशमा प्रवेश पाउन सक्ने व्यक्तिको दायरा झनै सीमित गर्ने ट्रम्प प्रशासनको व्यापक अभियानसँग जोडिएको छ ।

मापसे गरी गाडी चलाउने, कुटपिट, चोरीजस्ता अपराधहरूले गत वर्षका करिब आधा भिसा रद्द भएको राज्य विभागले जानकारी दिएको छ । भने बाँकी भिसाको अवधि सकिनु, आतंकवादलाई समर्थन गरेको कारण भिसा खारेज गरिएको बताइएको छ ।

mulpatra mulpatra mulpatra

अमेरिकाले वैध अमेरिकी भिसा भएका ५५ लाखभन्दा बढी विदेशी नागरिकलाई लक्षित गर्दै निरन्तर छानबिन लागू गर्ने तयारी गरेको थियो।

ट्रम्पको दोस्रो कार्यकालसँगै राज्य विभागले भिसा छानबिनका मापदण्डहरू उल्लेखनीय रूपमा कडा बनाएको छ। नयाँ निर्देशिकाले एच–वान बी जस्ता उच्च दक्ष श्रमिकका भिसामा उन्नत छानबिन लागू गर्दै, कन्टेन्ट मोडरेसन, फ्याक्ट–चेकिङ जस्ता क्षेत्रमा काम गर्नेहरूलाई समेत भिसा अस्वीकार गर्न सकिने प्रावधान राखेको छ।

यसअघि परराष्ट्रमन्त्री मार्को रुबियोले अमेरिकीहरूलाई “सेन्सर गर्ने” विदेशी नागरिकहरूका भिसामा प्रतिबन्ध लगाउने नीति घोषणा गरेका थिए।

Image Source: © https://mulpatra.com

यस्तै, जून महिनामा अमेरिकी दूतावास तथा कन्सुलेटहरूलाई विद्यार्थी भिसा आवेदनकर्तामा “अमेरिकी नागरिक, संस्कृति, सरकार वा मूल सिद्धान्तप्रति वैमनस्यपूर्ण दृष्टिकोण” रहेको नतिजा देखिएमा अस्वीकार गर्न सकिने निर्देशन जारी गरिएको थियो।

अहिलेको नयाँ नियमअनुसार विद्यार्थीहरूले आफ्ना सोसल मिडिया प्रोफाइल सार्वजनिक राख्नुपर्नेछ। अनलाइन उपस्थितिको कमीलाई गतिविधि लुकाउने प्रयासको रूपमा समेत हेरिने उल्लेख कूटनीतिक सन्देशमा गरिएको छ।

रुबियोले विद्यार्थी भिसा रद्द तथा कडाइका नीतिहरूलाई खुलेआम समर्थन गर्दै आएका छन्।

यसैबीच, राज्य विभागका कडा नीतिसँगै अमेरिकी गृह सुरक्षा विभागले समेत व्यापक रूपमा हिरासत, कारबाही र निर्वासन अभियान चलाइरहेको छ। प्रशासनले शरणार्थी पुनस्र्थापना कार्यक्रम लगभग रोक्दै बाइडेन प्रशासनअन्तर्गत आएको सबै शरणार्थीको भिसा पुनरावलोकन गरिने जनाएको छ।

अमेरिकाले यस वर्ष १९ देशका नागरिकका लागि अमेरिका यात्रामा प्रतिबन्ध लगाइएको छ।