Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बाढीको क्षतिबाट ४ अर्बको बीमा दावी, पौने २ करोड मात्रै भुक्तानी

बाढीको क्षतिबाट ४ अर्बको बीमा दावी, पौने २ करोड मात्रै भुक्तानी
  • २५ मंसिर २०८२, बुधबार ०८:०९

काठमाडौं– गत असोज १८ गते यताको अवरिल वर्षापछिको बाढी पहिरोका कारण भएको क्षतिबाट क्षति उपर बीमा कम्पनीहरुमा चार अर्ब बढीको दावी पेश भएको छ ।

mulpatra

नेपाल बीमा प्राधिकरणबाट प्राप्त पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । बाढी पहिरोको क्षति उपर ७८१ वटा दावी पेश भएका छन् । प्राधिकरणका अनुसार ४ अर्ब ३ करोड ९८ लाख रुपैयाँ बराबरको दावी परेको हो । बाढी पहिरोका कारण ४१० वटा घर तथा भवनमा क्षति पुगेको छ ।

यस्तै, ५० वटा सवारीमा क्षति पुगेको प्रारम्भिक विवरण छ । यता, २१० वटा कृषि, १०६ इञ्जिनियरिङ बीमालेख अन्तर्गत दावी पेश भएको देखिन्छ । कम्पनीहरुले दावी भुक्तानीलाई पनि तिव्रता दिएका छन् । हालसम्म बाढी पहिरोको क्षति उपर १ करोड ८७ लाख रुपैयाँ दावी भुक्तानी गरेको देखिन्छन् ।

mulpatra mulpatra mulpatra

सम्पत्ति बीमा अन्तर्गत ३ अर्ब ४५ करोड ३४ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ । तर, कम्पनीहरुले ८२ लाख रुपैयाँ भुक्तानी दिएका छन् । यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा अन्तर्गत पनि ५० करोड ३७ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ । तर, यसको भुक्तानी भने १ लाख ९० हजार रुपैयाँ मात्रै देखिन्छ ।

प्राधिकरणका मोटर बीमा अन्तर्गत निजी तर्फ २ करोड ८२ लाख र सार्वजनिक तर्फ १ करोड ८ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ । हालसम्म निजी मोटर बीमा अन्तर्गत ८७ लाख रुपैयाँ दावी भुक्तानी गरेका छन् । सार्वजनिक तर्फ भने अहिलेसम्म भुक्तानी भएको छैन् ।

यता, कृषि बाली बीमालेखमा पनि ४ करोड १३ लाख रुपैयाँ बराबरको दावी परेको छ । यसमा १३ लाख रुपैयाँ भुक्तानी भएको देखिन्छ । यस्तै, लघुबीमा अन्तर्गत १२ लाख रुपैयाँ र सामुन्द्रिक बीमा तर्फ ९ लाख रुपैयाँ दावी पेश भएको छ ।

Image Source: © https://mulpatra.com