झापा एक बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारीस

झापा एक बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारीस
  • २५ मंसिर २०८२, बुधबार ११:३६

झापा । नेपाली काँग्रेस झापा क्षेत्र नं. १ ले प्रतिनिधि सभाको निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको एकल उम्मेद्वार सिफारिस गरेको छ ।

mulpatra

जेनजी आन्दोलन पश्चात गठन भएको सुसिला कार्की सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही निर्वाचन प्रयोजनका लागि काँग्रेस क्षेत्रिय समितिको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा १ बाट प्रत्यक्ष तर्फ महामन्त्री शर्माको एकल नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको नेपाली काँग्रेसका क्षेत्रीय सभापति इन्द्र बहादुर बुढाथोकीले बताएका छन्।

२०७९ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा भारी बहुमतले बिजयी भएका शर्मालाई सबैले एकल उम्मेदवारका रुपमा सिफारीस गरिनु पर्ने धारणा राखेका थिए । सोही अनुसार शर्माको एकल नाम उम्मेद्वारका रूपमा सिफारिस गरिएको बुढाथोकीले बताए ।

mulpatra mulpatra mulpatra

त्यसैगरि काँग्रेस क्षेत्रिय समितिको बैठकले प्रतिनिधि सभाको समानुपातिक तर्फ समेत उम्मेद्वारको नाम सिफारिस गरेको छ ।

समानुपातिक तर्फ सिफारिस भएकाहरुमा नारायण गिरी, राम कट्टेल, खड्ग बहादुर धिमाल, गोमा भट्टराई , शोभा नेम्बाङ र राधा कार्की रहेका छन् ।