शाक्यको प्राथमिकताः जनतालाई भरपर्दो विद्युत उपलब्ध गराउने
काठमाडौं । सर्वोच्च अदालतले फैसला गरेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार सम्हालेका छन् ।

जेनजी आन्दोलन पश्चात गठन भएको सुसिला कार्की नेतृत्वको सरकारमा कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भएलगत्तै, शाक्यलाई कार्यकारी निर्देशक पदबाट हटाएका थिए ।
शाक्यलाई हटाउँदै घिसिङले मनोज सिलवाललाई कार्यकारी निर्देशकको जिम्मा दिएका थिए। उनले बुधबार १० बजे प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।
![]() |
![]() |
![]() |
|---|
आफ्नो कार्यकालमा जनतालाई दिगो र भरपर्दो विद्युत् उपलब्ध गराउने विषयलाई प्राथमिकता दिने र बाँकी कार्याकाल सरकारसँग मिलेर काम गर्ने शाक्यले बताएका छन् ।



