भारत विश्वमा सबैभन्दा बढी चामल उत्पादन र निर्यात गर्ने देश
काठमाडौं–भारत विश्वको सबैभन्दा बढी चामल उत्पादन गर्ने तथा निर्यात देश हो । भारतीय चामल निर्यातक संघका अनुसार प्रत्येक वर्ष भारतले १५ करोड मेट्रिक टन चामल उत्पादन गर्छ जुन दुनियाँभरको चामल उत्पादनको २८ प्रतिशत हो ।

आर्थिक वर्ष २०२४–२५ मा भारत दुनिया भरबाट सबैभन्दा धेरै चामल निर्यात गर्ने देश रहेको छ । विश्वभरबाट निर्यात हुने चामलको ३०.३ प्रतिशत हिस्सा भारत एक्लैले ओगटेको छ ।
चारलते सबैभन्दा बढी बासमती चामल निर्यात गर्छ । आर्थिक वर्ष २०२४–२५ मा मात्र भारतले ५९.४४ लाख मीट्रिक टन बासमती चामल निर्यात गरेको छ । यस्तै यस अवधिमा ३३.२३ लाख मीट्रिक टन नन बासमती चामल निर्यात गरेको छ ।
विकशित यसै घटनाक्रमपछि चामलको बाहानामा भारतमा फेरी नयाँ कर थप हुने अनुमान लगाउन थालिएको हो ।
हाल अमेरिकाले भारमाथि ५० प्रतिशत भन्सार दर लगाएको छ, जसमा रुसबाट तेल किनेको भन्दै २५ प्रतिशत पेनाल्टी महशुल पनि समावेश छ ।
भारत, भियतनाम र थाइल्याण्डबाट सस्तो चामल लगायत अन्य कृषि उत्पादन आउँदा अमेरिकी बजार जोखिममा परेको अमेरिकी किसानहरुको आरोप छ ।
भारतमा अमेरिकी कृषि उत्पादनमा औषत ३७.७ प्रतिशत कर लगाइएको छ । तर अमेरिकामा भने भारतिय कृषि उत्पादनहरुमा ५.३ प्रतिशत मात्र कर लगाइएको थियो । तर सत्तामा ट्रम्प आएसँग उनले यस्तो कर बढाएर २५ प्रतिशत पु¥याएका छन् ।
