सहकारीका सञ्चालकलाई दोहोरो पदमा नबस्न विभागको उर्दी
काठमाडौं– सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकलाई दोहोरो, तेहरो पदको जिम्मेबारी नलिन निर्देशन दिएको छ । विभागले सहकारी ऐनको व्यवस्था अनुसार एक व्यक्ति एक पटकमा एक पदमा मात्र हुनु पर्ने व्यवस्थाको कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

एकै व्यक्ति दोहोरो÷तेहरो पदमा रहेको विषयमा अनलाइनखबरले बारम्बर समाचार लेख्दै आएको थियो । राष्ट्रिय सहकारी बैंकदेखि सहकारी संघहरूमा रहेको दोहोरो पदको सन्दर्भमा कानुनको पालना नभएको विषयमा समाचार आएपछि विभागले उक्त निर्देशन जारी गरेको हो ।
विभागले सोमबार निर्णय गर्दै सहकारी ऐन, २०७४ को दफा ४१ (५) मा रहेको कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था र दफा ४४ (१) को खण्ड (ग) मा रहेको कुनै सञ्चालक अर्को सहकारी संस्थाको सञ्चालक रहेमा निज आफ्नो पदमा बहाल रहन नसक्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
![]() |
![]() |
![]() |
|---|
विभाग र सहकारी नियामक निकायहरूबाट जारी निर्देशन तथा मापदण्ड समेत पालना नगरी हालसम्म पनि केही व्यक्तिहरू दोहोरो सञ्चालकका रुपमा कार्यरत रहेको पाइएको हुनाले यथाशीघ्र कानुनी प्रावधान कार्यान्वयन गर्न सबै सहकारी संस्था तथा सञ्चालक सदस्यलाई निर्देशन जारी गरेको हो ।
सहकारी विभागबाट जारी निर्देशन, राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी भएको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड, सहकारी संघ संस्थामा सुशासन प्रबद्र्धनको लागि जारी एकीकृत निर्देशन, नेपाल राष्ट्र बैंकबाट जारी भएको बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको लागि निर्देशन तथा मापदण्ड , २०८१ को परिच्छेद ७ को कुनै पनि सदस्य एकै अवधिमा एकभन्दा बढी संस्थाको सञ्चालक वा पदाधिकारी हुन पाइने छैन भन्ने व्यवस्था यथाशीघ्र कार्यान्वयन गर्न विभानगले निर्देशन दिएको छ ।



