Close

Recent Posts

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति गर्छौं भन्ने १३ विचौलिया पक्राउ

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति गर्छौं भन्ने १३ विचौलिया पक्राउ
  • २५ मंसिर २०८२, बुधबार १६:३७

काठमाडौं– वैदेशिक रोजगार विभागको कार्यालय भित्रबाट १३ जना बिचौलिया पक्राउ परेका छन् । विभागमा आउने सेवाग्राहीहरूसँग अनलाईन फारम भरी दिने, श्रम स्विकृतिको लागि सहजीकरण गरी दिने, ठगिएको रकम असुल उपर गराई दिने जस्ता विभिन्न प्रलोभनमा पारी मोलमोलाई गर्ने उनीहरुलाई विभागकै आग्रहमा पक्राउ गरिएको हो ।

mulpatra

सेवाग्राहीहरूलाई दुख हैरानी दिईरहेको अवस्थामा यस विभागका कर्मचारी तथा डियुटीमा खटिएका प्रहरी कर्मचारीहरूले फेला पारी सम्झाई बुझाई गर्दा निजहरूले उल्टै विभिन्न किसिमको अपशब्द प्रयोग गरी गालीगलौज गरेपछि बिचौलिया पक्राउ परेको विभागका निर्देशक टिकाराम ढकालले जानकारी दिए ।

विभागका बिचौलिय रहित बनाउन प्रयासमा छ । सेवाग्राहीहरूसँग अनलाईन फारम भरी दिने, श्रम स्विकृतिको लागि सहजीकरण गरी दिने, ठगिएको रकम असुल उपर गराई दिने जस्ता विभिन्न प्रलोभनमा पारी मोलमोलाई गरेको आधारमा पक्रिएको उनले बताए ।

mulpatra mulpatra mulpatra

बिचौलियाले वाधा अवरोध पु¥याई अभद्र व्यवहार गरेको हुँदा निजहरूलाई कानुन बमोजिम आवश्यक कारबाहीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा पठाइएको विभागले जनाएको छ ।