Close

Recent Posts

भारतको गोवा आगलागिमा परेका पाँच नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

भारतको गोवा आगलागिमा परेका पाँच नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी
  • २६ मंसिर २०८२, बिहीबार १०:१५

काठमाडौं । भारतको पर्यटकीय शहर गोवाको एक नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएमा पाँच नेपाली परेका थिए । ती सबै नेपालीको पहिचान खुलेको छ ।

mulpatra

गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा, दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), तथा डडेलधुराका मनोज जोरा रहेका छन् ।

आगलागिमा परि २५ जनाको मृत्य भएको थियो । उनीहरुको शव नेपाल ल्याउने तयारी स्वरुप नयाँदिल्लीस्थित नेपाली राजदूतावासले गोवा सरकारसँग समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आगलागि शुरु भएपछि ग्यास सिलिण्डर विष्फोट हुँदा क्षति बढी भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । नाइटक्लव समेत नियमविपरित चलेको पाइएपछि त्यहाँको प्रहरीले नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको जनाएको छ ।
नियमविपरीत नाइट क्बल सन्चालन अनुमति दिएको आरोपमा गोवाको स्थानीय सरकारका तीन वरिष्ठ सरकारी अधिकारी पनि निलम्बनमा परेका छन् ।