Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

होटल बन्द भए पनि हायात रिजेन्सीले एक वर्षसम्मै कर्मचारीलाई न्यूनतम तलब दिने

होटल बन्द भए पनि हायात रिजेन्सीले एक वर्षसम्मै कर्मचारीलाई न्यूनतम तलब दिने
  • २६ मंसिर २०८२, बिहीबार १२:०६

काठमाडौं गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनीपछि बन्द भएको हायात रिजेन्सी होटलले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने भएको छ ।

mulpatra

बौद्धस्थित हायात रिजेन्सी र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर श्रमिकको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको हो ।

होटल पुनर्निर्माण गर्न कम्तीमा एक वर्ष लाग्ने भन्दै होटल व्यवस्थापनले कर्मचारीका प्रतिनिधिसँग छलफल गरी यस्तो सहमति गरेको हो ।

mulpatra mulpatra mulpatra

सहमतिअनुसार होटलले कर्मचारीलाई एक वर्षसम्म नेपाल सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउनेछ । साथै सामाजिक सुरक्षा कोषमा पनि सोही अनुपातमा योगदान गर्नेछ भने मर्मत–सम्भार पूरा भएपछि सहमतिमा बस्ने कर्मचारीलाई पुनः रोजगारीमा फर्काइने होटलले जनाएको छ ।

सहमतिमा अधिकांश कर्मचारी सकारात्मक रहेको व्यवस्थापकको दाबी छ । सहमतिमा नआउने कर्मचारीको हकमा भने श्रमिक कटौतीको प्रक्रिया अपनाइने होटलले बताएको छ ।

आन्दोलनका क्रममा भएको तोडफोडका कारण ठूलो आर्थिक तथा भौतिक क्षति पुगेकोले पूर्णरूपमा मर्मत सम्भार नगरी होटल सञ्चालन हुने अवस्था नरहेको होटल व्यवस्थापनले जनाएको छ ।

Image Source: © https://mulpatra.com