Close

Recent Posts

स्रोत अभावले स्वास्थ्य बीमा संकटमा पर्ने

स्रोत अभावले स्वास्थ्य बीमा संकटमा पर्ने
  • २७ मंसिर २०८२, शुक्रबार ०८:०६

काठमाडौं– अघिल्लो आर्थिक वर्षमा १ करोड २५ लाखले अस्पतालमै पुगेर स्वास्थ्य सेवा लिएका छन् ।

mulpatra

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले औसतमा एउटै मान्छे ५ पटक अस्पताल गएर सेवा लिएको जानकारी दिए । २५ लाख मान्छेले एकपटक मात्र अस्पताल पुगेर सेवा लिएका छन् ।

स्वास्थ्य बीमा बोर्डले आयोजना गरेका एक कार्यक्रममा उनले अस्पतालमा गएर स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिनेको संख्या ठूलो मात्रामा बढेको बताए ।

mulpatra mulpatra mulpatra

काफ्लेका अनुसार यो तथ्यांक प्रत्येक वर्ष बढ्दै गएको छ । कार्यकारी निर्देशक काफ्लेले गुणस्तरीय सेवा बढाउन र लागत घटाउन नेपालमा स्वास्थ्य बीमाले नै निर्णय भूमिका खेल्ने समेत बताए ।

उनका अनुसार बीमा कार्यक्रममार्फत कभरेज बढाउनका लागि कामहरू भइरहेको छन् । धेरै भन्दा धेरै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने प्रयास भइरहेको छ । स्वास्थ्य बीमा ऐन, २०७४ लाई सुधारेर लैजान कामहरु समेत भइरहेको उनले जानकारी दिए ।

काफ्लेका अनुसार नयाँ दररेटहरू निर्धारण गर्ने समेत तयारी छ । अहिलेका प्याकेजहरूलाई समेत सुधारेर अघि बढिनेछ भने अब प्रत्येक स्वास्थ्य सेवा सुविधाको बारेमा यसै आर्थिक वर्षबाटै क्याम्पेन सञ्चालन गरिनेछ ।

Image Source: © https://mulpatra.com