Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

विदेशीने कामदारको स्वास्थ्य परिक्षणमा निर्देशिकालाई चुनौती दिदै व्यवसायीनै आफुखुशी शुल्क तोक्दै

सरकारले निर्णयमा ध्यान नदिँदा स्वास्थ्य र म्यानपावरकै आ–आफना स्वार्थ

विदेशीने कामदारको स्वास्थ्य परिक्षणमा निर्देशिकालाई चुनौती दिदै व्यवसायीनै आफुखुशी शुल्क तोक्दैसरकारले निर्णयमा ध्यान नदिँदा स्वास्थ्य र म्यानपावरकै आ–आफना स्वार्थ
  • २७ मंसिर २०८२, शुक्रबार १२:३१

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूले स्वास्थ्य परीक्षणको नाममा अस्वभाविक शुल्क वृद्धि गरेको भन्दै सरकारको विरोध गदै आएका छन् । तीनै व्यवसायीले अहिले स्वास्थ्य परिक्षणका नाममा विकृति भित्र्याउन थालेको स्वास्थ्य व्यवसायीको आरोप छ ।

mulpatra

नेपाल स्वास्थ्य व्यवसायी महासंघ, नेपाल स्वास्थ्य व्यवसायी संघ र मदन कुमार पुर्वेको नेपाल स्वास्थ्य व्यवसायी सञ्चालक संघ पछिल्लो समय थपिएको छ । मसंघ र संघले श्रम मन्त्रालयले जानकारी गरेको निर्देशिका अनुसार स्वास्थ्य परिक्षण गर्ने भएको छ ।

भने पछिल्लो समयमा थपिएको नेपाल स्वास्थ्य व्यवसायी सञ्चालक संघले भने ६ हजार ६ समयमै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण ५ हजार रूपैयाँमै गर्ने भनेर कतिपय व्यवसायीले प्रचार समेत गरिरहेका छन् । सरकारले भने अघिल्लो साता देखि नै ९ हजार ५ सय शुल्क तोकेको छ ।

mulpatra mulpatra mulpatra

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परिक्षणसँग सम्बन्धित समस्याहरुको सामाधान लागि श्रम मन्त्रालयले २०८१ भदौ १३ गते स्वास्थ्य सचिव डा.दिपेन्द्ररमण सिंहको अध्यक्षमा एक कार्यदल गठन गरेको थियो । जसले २०७९ मंसिरमामा तत्कालिन श्रम मन्त्री शरदसिंह भण्डारीलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा सुझाएको विषयलाई ध्याननै नदिई पुर्ब श्रममन्त्री शरद्सिंह भण्डारी र श्रम सचिव कृष्णहरि पुस्करले बिचौलियाहरुको प्रभावमा परेर शुल्क वृद्धि गराउने निर्णय गरेको आरोप लगाइएको थियो । तर श्रम मन्त्रालयको यस निर्देशिकालाई चुनौती दिएर वैदेशिक रोजगार व्यवसायीहरु नै सहमति खोज्नुको साटो आफु खुशी शुल्क तोकेर मेडिकल गर्न थालेका छन् । जसमा अहिले बजारमा तीन थरीको मेडिकल शुल्क तोकिएको छ ।

अहिले श्रममन्त्री बिहिन भएपनि सचिवमा उनै पुस्कर छन् । उनकै सल्लाहमा मेडिकल व्यवसायीले शुल्क वृद्धि सम्बन्धि निर्णय गरेको बुझिएको छ । यस विषयमा श्रम सचिवले प्रधानमन्त्रीसँग छलफल नगरेको र यस विषयमा आफुलाई थाहा नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Image Source: © https://mulpatra.com

नेपाल मेडिकल व्यवसायी संघकी उपाध्यक्ष समेत रहेकी कला दाहालले पछिल्लो समय सरकारले तोकेको शुल्कबिपरित केही व्यवसायी संस्थागत रुपै भन्दै ६ हजार ५ सयमा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने भनेर प्रसार गरिरहेका छन् । सरकारले तोकेको शुल्क विश्वव्यापी मान्यता अनुसार नै छ । तर बिचम केही म्यानपावर व्यवसायीको उस्कावटमा मेडिकल व्यवसायीले सरकारी निर्देशिकालाई चुनौती दिएको उनको आरोप छ । ‘व्यवसायीले विश्वव्यापी मान्यता अनुसार स्वास्थ्य परिक्षणका लागि शुल्क तोकेको छ । सोही अनुुसार नै आफुहरुले स्वास्थ्य परिक्षण गर्दा कामदार र विदेशमा पनि सहज हुन्छ । जसका कारण शुल्कभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ ।’ उनले भनिन ।

वैदेशिक रोजगारीमा जाने कामदारको शुल्क फरक–फरक तोकेपछि श्रमिक भने कुन शुल्कमा स्वास्थ्य परिक्षण गराउने भने दुविधामा परेका छन् । सरकारले जबरजस्ती कतिपय मेडिकल परिक्षण समावेश गरेको र त्यसबाट कामदारलाई आर्थिक भार थपिने भएका कारण अहिलेको परिवेश अनुसार नै आफनो संस्थाले शुल्क तोकेको नेपाल स्वास्थ्य व्यवसायी सञ्चालक संघका अध्यक्ष मदन कुमार पुर्वेले जानकारी दिए ।

तपाईले आफनो संस्थामा केही म्यानपावरले कामदार पठाएको र सस्तो मेडिकलमा गएर स्वास्थ्य परिक्षण गरेको आरोप छ भन्ने प्रश्नमा उनले हाल सरकारले ल्याएको निर्देशिकामा सरकारलाई सिधै आर्थिक भार थप्ने केही सिण्डिकेटधारीमा स्वार्थ भएको आरोप लगाए । जसका कारण आफुले समावेश शुल्कमा तोकेर वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण तिर लागेको स्पष्ट पारे ।

उनलाई वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङ, पुर्व अध्यक्ष रोहन गुरुङ र महासचिव महेश बस्नेतले सहयोग गरिरहेको स्वास्थ्य व्यवसायीकै आरोप छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि १ सय ७१ संस्था मापदण्डअनुसार भन्दै सूचीकरण गरेको छ । यसमध्ये मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ३६ वटा, साउदी अरबले १९ वटा, कतारको कतार भिसा सेन्टर, इजरायलका लागि ४ र कोरियाका लागि ३ र जापानको लागि ८ वटा मेडिकल सेन्टरले कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।

२०७१ माघमा पुरूष कामदारको स्वास्थ्य परीक्षण शुल्क २ हजार ९ सय ४० र महिलाका लागि ३ हजार १ सय रहेकोे शुल्क ५ वर्षपछि २०७६ मा गाम्का अन्तर्गतका मेडिकलमा ६ हजार ४ सय र मलेसियाका लागि ६ हजार ५ सय र अन्य मुलुकका लागि ४ हजार ४ सय कायम भएको थियो ।