श्रम मन्त्रीमा प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी
काठमाडौं– नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक भइसकेका राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा आउने भएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । नियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने निश्चित भएको छ । जसमा भण्डारीलाई श्रम मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
कार्यालय स्रोतका अनुसार मन्त्रीमा कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ छन् । चौलागाईं नेपाली कांग्रेसको अपाङ्ग संघका अध्यक्ष हुन् । भण्डारी नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक हुन् भने श्रेष्ठ पर्यटन बोर्डकी पूर्व कर्मचारी हुन् ।
![]() |
![]() |
![]() |
|---|



