खोटाङ–कुवेत सम्पर्क मञ्चद्वारा सिम्ले माध्यमिक विद्यालयलाई ६२ हजार आर्थिक सहयोग
खोटाङ––खोटाङ–कुवेत सम्पर्क मञ्च स्थापना भएको २०६७ सालदेखि निरन्तर सामाजिक सेवामा सक्रिय रहँदै आएको छ । स्थानीय तथा विदेशमा रहेका खोटाङबासीबीच सञ्जाल विस्तार गर्दै आएको मञ्चले यस वर्ष खोटाङ, ऐसेलुखर्क–४, जलेश्वरीस्थित सिम्ले माध्यमिक विद्यालयलाई ६२ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।


वि.सं. २०१९ मा प्रावि रूपमा स्थापना भएको उक्त विद्यालय २०५१ मा निम्नमाध्यमिक र २०६५ मा माध्यमिक विद्यालयमा रूपान्तरण भएको थियो। २०६७ सालमा माध्यमिक शिक्षा परीक्षा (क्ीऋ)को अनुमतिसमेत प्राप्त गरेको यो विद्यालय खोटाङको उत्तरी भेगमा पर्ने भएकाले भौगोलिक दुर्गमता र सीमित साधनस्रोतका कारण आवश्यक भौतिक पूर्वाधार जुटाउन कठिनाइ हुँदै आएको छ।

यही अवस्थालाई मध्यनजर राख्दै संस्थाका महासचिव श्री प्रकाश थुलुङ राई८८ले विद्यालयका लागि सहयोग प्रस्ताव अघि सारेका थिए। नेपालमा वार्षिक बिदामा रहनुभएका खोकुसम (खोटाङ–कुवेत सम्पर्क मञ्च) का अध्यक्ष श्री विष्णुप्रसाद भट्टराईले स्थानीय पालिका र विद्यालयहरूको अवलोकन गर्ने क्रममा सो विद्यालयको वास्तविक अवस्था प्रत्यक्ष अवलोकन गरेका छन् ।
महासचिव थुलुङको अनुरोध तथा अध्यक्ष भट्टराईको प्रत्यक्ष मूल्यांकनपछि मञ्चको कार्यसमिति बैठकले विद्यालयलाई ६२ हजार रूपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। सोही क्रममा अध्यक्ष भट्टराई सिम्ले माध्यमिक विद्यालयमा उपस्थित भई संस्थातर्फबाट ५१ हजार तथा व्यक्तिगत तर्फबाट ११ हजार गरी जम्मा ६२ हजार रूपैयाँ विद्यालयलाई हस्तान्तरण गरे ।

रकम हस्तान्तरण कार्यक्रम प्रधानाध्यापक श्री निरकुमार कट्टेल विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री शुरबिर राई वडा अध्यक्ष श्री भक्तबहादुर तामाङ शिक्षक–शिक्षिका, कक्षा शिशुबाट १० सम्मका विद्यार्थी, अभिभावक तथा स्थानीयको उपस्थितिमा सम्पन्न भयो।
विद्यालयले प्राप्त रकम दराज, फाइल र अभिलेख व्यवस्थापनका लागि) पुस्तकालयका लागि काठका सामग्री८८ निर्माण तथा बाँकी रकम शैक्षिक सुधार र गुणस्तर अभिवृद्धिमा प्रयोग गरिने जानकारी प्रधानाध्यापक कट्टेल, समिति अध्यक्ष राई र वडा अध्यक्ष तामाङले संयुक्त रुपमा दिए।
विद्यालयका तर्फबाट अध्यक्ष भट्टराईलाई पुष्पमाला, खादा र अविर लगाई सम्मान गर्दै, प्रदेश–विदेशबाट समेत आफ्नै गाउँको विद्यालयलाई सम्झिएर सहयोग गरेकोमा खोटाङ–कुवेत सम्पर्क मञ्चप्रति आभार व्यक्त गरिएको थियो।
खोटाङ–कुवेत सम्पर्क मञ्चले विगतदेखि नै प्राकृतिक विपत्ति, रोग पीडित, बेसहारा तथा विपन्न व्यक्तिहरूलाई सहयोग गर्दै आएको छ। कुवेतस्थित अन्य नेपाली संघ–संस्थासँग सहकार्य गर्दै समाजसेवाका गतिविधि थप सुदृढ बनाइरहेको मञ्चले आगामी दिनमा पनि क्षमता अनुसार सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।
