नवनियुक्त मन्त्री भण्डारीले कर्मचारीदेखि दूतावाससम्म श्रमिक ठगीको जालो तोड्न सक्लान्
काठमाडौं– पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले तीन महिनापछि पूर्णता पाएको छ । शुक्रबार चार मन्त्रीले शपथ लिएसँगै प्रधानमन्त्री कार्कीले सुरुमै घोषणा गरेअनुसारको मन्त्रिमण्डल बनेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारीले सपथ लिए । शुक्रबारको मन्त्रिपरिषद् विस्तारसँगै पूर्वप्रहरीको पनि प्रतिनिधित्व भएको हो ।
श्रम मन्त्रीमा नियुक्त भएका भण्डारी द्वन्द्व व्यवस्थापनका विज्ञ मानिन्छन्। यस विषयमा उनले नेपाल प्रहरीमा कार्यरत रहँदा अमेरिका र बेलायतमा तालिम गरेका छन् । द्वन्द्व व्यवस्थापनमै विभिन्न देशमा काम गरेको अनुभव पनि उनीसँग छ ।
![]() |
![]() |
![]() |
|---|
नवनियुक्त भण्डारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का संस्थापक प्रमुख पनि हुन् । मन्त्रीमा नियुक्त भएपछि भण्डारीले भने, ‘मलाई जुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यहाँका विकृतीहरूलाई कसरी हल गर्न सकिन्छ। यो मन्त्रालय अन्तरगत हुने आपराधिक घटनाहरूलाई पनि निर्ममतापुर्वक र कठोरतापुर्वक कारबाही गर्नुपर्ने देखेको छु ।’
वैदेशिक रोजगारीका क्षेत्र सुधार्न ठुलो चुनौती छ । तर मैले सकेजति गर्छ । यो मेरो जिम्मवारी भएको उनी बताउँछन् । सरकारले २०७२ सालदेखि खाडीका देश र मलेसिया जाने नेपाली कामदारका हकमा फ्रि भिसा फ्रि टिकट लागू गरेको थियो । तर, ती देश जाने कामदारले फ्रि भिसा र फ्रि टिकटको लाभ लिन सकेका छैनन् । सरकारले निःशुल्कदर लागू गरेकै देश जाने कामदार पनि चर्को रकम तिरेर विदेशिने गरेको विभागकै वार्षिक प्रतिवेदनमा उल्लेख छ



