एनपीएल सिजन २ फाइनल आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने

एनपीएल सिजन २ फाइनल आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने
  • २८ मंसिर २०८२, शनिबार ०८:४७

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एनपीएलको फाइनलमा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन् ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज दिउँसो ३ः३० बजे सुरु हुँदैछ ।

mulpatra

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो भने इलिमिनेटरमा काठमान्डु गोर्खाज् र दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई नै पराजित गरेर लुम्बिनीले पनि फाइनलमा स्थान पक्का गरेको हो।

लिग चरणका सातमध्ये ६ खेल जितेर सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफ पुगेको थियो। उसले लिग चरणमा विराटनगरसँग मात्रै हार ब्यहोरेको थियो।

mulpatra mulpatra mulpatra

लुम्बिनी लिग चरणमा ७ मध्ये ४ खेल जितेर ८ अंक बनाउँदै तालिकाको चौथो स्थानमा रहेर प्लेअफ पुगेको थियो।
दिपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम र रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीको भिडन्त रोमान्चक हुने भएको छ ।

एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्नेछ ।

लुम्बिनीमा रोहित पौडेल (कप्तान), दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन्।

Image Source: © https://mulpatra.com

सुदूरपश्चिममा दीपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत, नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा रहेका छन्।