ट्रम्पको खुला प्रस्ताव– इरानले ४४० केजी युरेनियम दिन्छ भने म आफैं इस्लामाबाद जान्छु

ट्रम्पको खुला प्रस्ताव– इरानले ४४० केजी युरेनियम दिन्छ भने म आफैं इस्लामाबाद जान्छु
  • ४ बैशाख २०८३, शुक्रबार १०:५८

काठमाडौं–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित एक महत्वपूर्ण प्रस्ताव गरेका छन् ।

mulpatra

उनका अनुसार इरान आफ्नो ४४० किलोग्राम संवर्धित युरेनियम अमेरिकालाई सुम्पन तयार छ भने अमेरिका तत्काल सम्झौताका लागि तयार छ ।

व्हाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरान अमेरिकाले राखेका सबै १० सर्तहरू मान्न तयार भएको बताएका छन् । उनले भने, यदि यसपटक सम्झौता सफल भयो भने आफू स्वयं इस्लामाबाद जानेछन् र त्यहाँ इरानी नेताहरूसँग भेट गरी युरेनियमसम्बन्धी आगामी योजना बनाउनेछन् ।

mulpatra mulpatra mulpatra

ट्रम्पका अनुसार फेब्रुअरी २८ देखि जारी अमेरिका–इरान द्वन्द्व अब अन्त्यतिर पुगेको छ। करिब ६ हप्तादेखि चलेको यस संघर्षले दुवै देश मात्र नभई विश्वलाई समेत असर पारेको छ । अहिले इरान शान्ति सम्झौताका लागि लचिलो बनेको उनको भनाइ छ ।

राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा भइरहेको तनाव छिट्टै अन्त्य हुने दाबी गर्दै आगामी २–३ हप्ताभित्र अमेरिकाले इरानबाट आफ्नो सैन्य उपस्थिति घटाउने बताएका छन् । साथै, इरानले परमाणु हतियार नबनाउने र आफ्नो संवर्धित युरेनियमको भण्डार अमेरिकालाई सुम्पिने सहमति जनाएको उनले उल्लेख गरे ।

ट्रम्पले अगाडि भनेका छन्, ‘अमेरिका शान्ति चाहन्छ र त्यसका लागि वार्ता भइरहेको छ । तर यदि वार्ता असफल भयो भने इरानमाथि पुनः आक्रमण हुन सक्ने अवस्था रहन्छ ।’

Image Source: © https://mulpatra.com

यद्यपि, हाल इरान पहिले अस्वीकार गरेका विषयहरूमा सहमत हुन थालेकोले यो सकारात्मक संकेत भएको उनको भनाइ छ ।

एजेन्सीबाट

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com