लेबनान–इजरायलबीच युद्धविराम घोषणा

लेबनान–इजरायलबीच युद्धविराम घोषणा
  • ४ बैशाख २०८३, शुक्रबार ०८:२०

मध्यपूर्वमा लामो समयदेखि जारी तनावबीच इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविरामको घोषणा गरिएको छ। स्थायी शान्ति र सुरक्षा सम्झौताका लागि वार्ता अगाडि बढाउने सहमतिसँगै दुवै पक्ष युद्ध रोक्न राजी भएका हुन्।

mulpatra

युद्धविराम बिहीबार मध्यरातदेखि लागू भएको हो। युद्धविराम लागू भएसँगै लेबनानको राजधानी बेरुतमा सर्वसाधारणले खुसीयाली मनाएका छन्। विभिन्न स्थानमा हवाई फायरिङ गर्दै नागरिकहरूले राहतको अनुभूति व्यक्त गरेका प्रत्यक्षदर्शीहरूले बताएका छन्।

तर युद्धविराम लागू भएको केही घण्टामै यसको स्थायित्वमाथि प्रश्न उठ्न थालेको छ। लेबनानी सेनाले दक्षिणी क्षेत्रमा इजरायलले गोलाबारी गरेको आरोप लगाएको छ। यसको जवाफमा इजरायली सेनाले भने हिजबुल्लाहका गतिविधिको प्रतिकारस्वरूप आफ्ना सेना परिचालन गरिएको दाबी गरेको छ।

mulpatra mulpatra mulpatra

यसैबीच, डोनाल्ड ट्रम्पले युद्धविरामको स्वागत गर्दै हिजबुल्लाहलाई संयमता अपनाउन आग्रह गरेका छन्। उनले अब थप हिंसा रोक्नुपर्ने र दीर्घकालीन शान्ति स्थापना हुनुपर्नेमा जोड दिएका छन्।

हालको युद्धविराम केवल इजरायल–लेबनान द्वन्द्वमा मात्र सीमित नभई क्षेत्रीय शक्ति सन्तुलनसँग समेत जोडिएको विश्लेषण गरिएको छ। विशेषगरी इरान र अमेरिकाबीच सम्भावित समझदारीसँग यो प्रक्रिया सम्बन्धित देखिएको छ।

यसै सन्दर्भमा बेन्जामिन नेतन्याहू र लेबनानका राष्ट्रपति जोसेफ आउनसँग उच्चस्तरीय संवाद भएको जनाइएको छ। आगामी दिनमा औपचारिक वार्ता अगाडि बढाउने तयारी भइरहेको छ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com