Close

Recent Posts

एनपीएल सिजन–२, लुम्बिनी लायन्सले जित्यो उपाधि

एनपीएल सिजन–२, लुम्बिनी लायन्सले जित्यो उपाधि
  • २८ मंसिर २०८२, शनिबार १८:३१

काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि लुम्बिनी लायन्सले जितेको छ । आज भएको फाइनल खेलमा ६ विकेटले सुदुरपश्चिम रोयल्समाथि जीत निकालेको हो ।

mulpatra

सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ रोेजेको थियो । सुदुरपश्चिम पाँच बल बाँकी छँदै ८५ रनमा अलआउट भएपछि ब्याटिङ मैदानमा उत्रिएको लुम्बिनीले ८६ रनको लक्ष्य ९ ओभरमा पुर्याएपछि सहज जित निकालेको हो ।

लुम्बिनीका दिनेश अधिकारीले पहिलो ओभरमै चार छक्का प्रहार गर्दै २७ रन बनाएपछि जितका लागि सहज बनाएका थिए ।

mulpatra

गत सिजन अंक तालिकाको पुछारमा रहेको लुम्बिनी यस सिजनमा समेत तीन खेल लगातार हारेको थियो । चितवन राइनोजलाई सुरुमा जितेको लुम्बिनीले लिग चरणमा पोखरालाई जित्न सफल भयो । त्यसपछि लगातार विराटनगर र जनकपुरलाई जितेपछि प्लेअफमा स्थान बनाएको थियो ।

एलिमिनेटमा समेत लुम्बिनीले काठमान्डुलाई हराएयो भने दोस्रो क्वालिफायरमा पनि विराटनगरलाई हराएपछि फाइनलमा स्थान पक्का गरेको थियो ।

Image Source: © https://mulpatra.com

सुदूरपश्चिमले लिग चरणमा ६ खेल जितेर शीर्ष स्थान पक्का गरेको थियो। अन्तिम खेलमा विराटनगरसँग पराजित भए पनि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेको थियो।

लुम्बिनीमा रोहित पौडेल ९कप्तान०, दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ, विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान थिए।

यतासुदूरपश्चिममा दीपेन्द्र सिंह ऐरी ९कप्तान०, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत, नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा रहेका थिए।

एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गरेको छ ।