एमालेका स्थायी कमिटि र पोलिटब्युरो सदस्यले नै किन महाधिवेशनको भन्दै फेक फोटो हाले

एमालेका स्थायी कमिटि र पोलिटब्युरो सदस्यले नै किन महाधिवेशनको भन्दै फेक फोटो हाले
  • २८ मंसिर २०८२, शनिबार १९:०३

काठमाडौं । आज नेकपा एमालेले भक्तपुरको सल्लाघारीमा गरेको ११औं महाधिवेशन उद्घाटन स्थलको फोटो भन्दै पार्टीका जिम्मेवार व्यक्तिबाटै फेक फोटो पोष्ट गरेर भाइरल बनाउन खोजिरहेका पाइएको छ ।

mulpatra

सबैभन्दा बढी एमाले माथि आक्रमण गरिएको जेनजी आन्दोलन पश्चात राजनीतिक दलले गरेको यो सबैभन्दा ठुलो सभा हो । बाक्लो उपस्थितिमा कार्यकता उत्साहका साथ सहभागी भएपछि भक्तपुरको फोटो भन्दा दुईवटा फोटो एमाले नेताहरुले नै पोष्ट गरिनुले सर्वसाधारणलाई भ्रम छर्न खोजेको देखिएको छ ।

एमाले स्थायी कमिटि सदस्य तथा कोशीका मुख्य मन्त्री हिक्मत कार्कीले ‘नेकपा (एमाले) को ऎतिहासिक ११ औं राष्ट्रिय महाधिवेशन उदघाटन कार्यक्रम, उक्त भब्य उत्सव (समारोह) मा लाखौं जनताको उपस्थिति रहेको थियो’ भन्दै हालेको एउटा फोटो जोडेको फेक रहेको पाइएको छ । अर्का नेता पोलिटब्युरो सदस्य महेश बस्नेतले (महाधिवेशनको उद्घाटन समारोह, भक्तपुर सल्लाघारीमा जनसागर उर्लिएको अनुशासित तथा भव्य विशाल सभा भन्दै फेसबुकमा सेयर गरेका फोटोहरूमा समेत एउटा फोटो फेक रहेको छ ।

प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले लगायत थुप्रैले उक्त फेक फोटो शेयर गरिरहेकोमा पाण्डेले भने फोटो हटाएका छन् ।

एमालेको ११ महाधिवेशनमा बिहानैदेखि प्रवेश गरेका कार्यकर्ताहरुले आधा भाग भरिएको थियो भने बाहिर बाटोहरुमा समेत बाग्लो उपस्थिति थियो । ट्राफिक जामका कारण कार्यकर्ता समयमा पुग्न सकिरहेका थिएनन् । एमालेले ३ लाख कार्यकर्ता उतार्ने भनेपनि पचासहजारको हाराहारीमा कार्यकर्ता उपस्थिति रहेको अनुमान गरिएको छ ।
महाधिवेशनमा कार्यकर्ताको बाक्लो सहभागिता हुँदाहुँदै, सहभागी भएका हरेक कार्यकर्ताले फोटो भिडियो खिचेर राखेको र सामाजिक सन्जालमा पोष्ट गरिरहेको बेला एमालेका नेतृत्व तहबाट फेक फोटो हाल्नु आम जनताको आँखा छारो हाल्नु भएन र ?