विधान संसोधन प्रस्तावमा जानैपर्ने वाध्यतामा ओली, भोटिङ हुन सक्ने

विधान संसोधन प्रस्तावमा जानैपर्ने वाध्यतामा ओली, भोटिङ हुन सक्ने
  • २९ मंसिर २०८२, आईतवार १२:२३

काठमाडौं । महाधिवेशनको बन्दसत्र सुरुहुन अघि बसिरहेको नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा विधान संसोधन प्रस्ताव पेचिलो बन्दै गएको छ । विधान संसोधन प्रस्तावमा जानैपर्ने वाध्यतामा रहेका ओलीले आफुले संसोधनको प्रस्ताव लान नैतिकरुपमा नसकेकाले फ्लोरबाटै विधान संसोधनको विषय उठाउन लगाएपछि विवाद हुने देखिएको छ

mulpatra

पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान संसोधनको प्रस्ताव अघिल्लो सचिवालय बैठकमा पेश गरेका थिए तर त्यहाँ पनि उनको प्रस्तावको विपक्षमा हुने देखिएपछि पछि हटेका थिए । तीन महिना अघि पारित विधान आफु अनुकुल नहुनेभएपछि ओलीले प्रस्ताव गर्न लगाएको विधान संशोधन गर्ने या नगर्ने भन्ने विषयमा तीव्र विवाद देखिएको छ ।

विधान संसोधन गरेर धेरै नेता कार्यकर्तालाई व्यवस्थापन नगरे ओली आफै हार्नेहुनकी भन्ने सम्भावना बढीरहेको बेला विधान संशोधन गरेर पार्टी पदाधिकारी र केन्द्रीय सदस्य बढाउन खोजेका छन् ।

पार्टीको महाधिवेशनअन्तर्गत आज बिहान बन्दसत्र सुरु हुने कार्यसूची थियो । तर, विधान संशोधनको तयारीस्वरुप बन्दसत्रको समय दिउँसोका लागि सारिएको छ ।

हाल केन्द्रिय कमिटि बैठक चलिरहेको र आफु अनुकुल विधान संसोधन गर्न खोजे भोटिङमा जान सक्ने एक पोलिटब्युरो सदस्यले बताएका छन् । आधिकारिक प्रस्ताव भोटिङमा लगे हालको केन्द्रिय कमिटि केपी ओलीको बहुमत रहेकाले विधान संसोधनको प्रस्ताव भने पारित हुने देखिन्छ ।