नेकपा एमाले महाधिवेशनः मतदान सकियो नतिजा आउन केही समय लाग्ने
काठमाडौं । भृकुटीमण्डपमा जारी नेकपा (एमाले)को ११औँ महाधिवेशनको मतदान कार्य सकिएको छ । हिजो बुधबार बिहानबाट शुरु मतदान आज बिहान मात्र सकिएको हो ।

तीन दिनमा सक्ने तालिका भएको एमालेको महाधिवेशन यसपालि ६ दिन सम्म चलेको छ । महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छनौट भएर आएका थिए । जसमध्ये २ हजार दुई सय सत्ताइस जनाले मात्र मतदान गरेका छन् ।
असी वटा विद्युतीय मतदान मेसिनबाट मतदान भएको थियो । मेसिनबाट मतदान भएकाले नतिजा भने १० बजे भित्र आइसक्ने र १२ बजे सम्म महाधिवेशन सक्ने कार्यकतालिका रहेको छ ।
