जेनजी आन्दोलनमा घाइतेको बर्गिकरण सहित जीवन निर्वाह भत्ता
काठमाडौं । गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनमा परि घाइते भएकाहरुको बर्गीकरण गर्ने भएको छ । सरकार जेनजी आन्दोलनमा घाइते, अपाङ्गताको अवस्था तथा गम्भीरताको आधारमा बर्गीकरण गर्न लागेको हो ।

जेनजी आन्दोलनमा भएका घाइते, अपाङ्ग र शहिद भएका परिवारलाई आर्थिक सहायता गर्ने गरि मन्त्रिपरिषद्ले गत मङ्सिर २२ गते कार्यविधि स्वीकृत गरेको थियो । सोही कार्यविधिका आधारमा घाइते, अपाङ्गहरुको बर्गीकरण गर्ने कार्य तत्काल सक्ने गरि कार्य अघि बढाएको गृहमन्त्रालयले जनाएको छ ।
घाइते, अपाङ्ग र शहिद भएका परिवारको जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउने गरि बर्गीकरणलाई तिब्रता दिएको हो ।
जीवन निर्वाहका लागि गम्भीर घाइतेलाई मासिक ९ हजार र अति गम्भीर घाइतेलाई भत्ताबापत मासिक १८ हजार प्राप्त गर्ने व्यवस्था गरिएको छ भने मध्यम प्रकृतिका घाइतेले मासिक ४ हजार भत्ता पाउने व्यवस्था कार्यविधिमा छ ।
