मधेश प्रदेशमा आज सभामुख चयन हुने

मधेश प्रदेशमा आज सभामुख चयन हुने
  • ६ पुष २०८२, आईतवार ०७:४९

काठमाडौं । मधेस प्रदेश सभामा सभामुखका लागि दुई जनाको उम्मेदवारी परेसँगै आज सभामुख चयनका लागि निर्वाचन हुने भएको छ । मधेश प्रदेशमा रिक्त रहेको सभामुखका लागि नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसाद र सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवको उम्मेदवारी परेको छ ।

mulpatra

आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।
मधेश प्रदेशका पुर्व सभामुख रामचन्द्र मण्डललाई पद अनुकुल आचरण नगरेको भन्दै प्रदेश सभाको दुई तिहाई बहुमतले पदमुक्त गरेको थियो ।

मधेश प्रदेश सभाको बैठकले मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गर्दै मण्डललाई हटाएपछि सभामुखपद रिक्त रहेको थियो ।