Close

Recent Posts

मंसिरमा करिब ६६ हजार कामको खोजीमा बाहिरिए, कात्तिकभन्दा ८ हजार घटे

मंसिरमा करिब ६६ हजार कामको खोजीमा बाहिरिए, कात्तिकभन्दा ८ हजार घटे
  • ७ पुष २०८२, सोमबार ११:१०

काठमाडौं– मंसिर महिनामा ६५ हजार ७ सय ५ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार जेनजी आन्दोलनपछि प्रमुख रोजगार गन्तव्य युएईमा जाने क्रम बढेको छ । तर प्रहरीले रिपोर्ट प्रमाणित गर्ने क्रममा झन्झट र लागत पनि बढेको छ ।

mulpatra

वैदेशिक रोजगार विभागका अनुसार गत कात्तिक महिनामा ७३ हजार ९४ जना वैदेशिक रोजगारमा गएकोमा मंसिरमा उक्त संख्या करिब ८ हजारले कमी आई ६५ हजार ७ सय ५ जनामा कायम भएको छ ।

मंसिरमा म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारमा जानेको संख्या गत कात्तिकभन्दा करिब ६ हजारले बढेको छ । कात्तिकमा म्यानपावरमार्फत १२ हजार १ सय ४९ जना गएकोमा मंसिरमा उक्त संख्या १८ हजार ३ सय ९८ पुगेको छ ।

mulpatra mulpatra mulpatra

गत डिसेम्बर ४ सम्म कन्सुलर विभागबाट ५ सय रुपैयाँमा हुने प्रमाणीकरण शुल्क नेपालस्थित युएई दूतावासबाट प्रमाणीकरण गर्न थालिएपछि १४ हजार रुपैयाँ पुगेको छ । प्रक्रियामा ढिलाइ भएकाले कामदार छिटो छरितो रूपमा जान नपाएको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।

अर्को मुख्य गन्तव्य मलेसियामा ठुलो संख्यामा जाने म्यानुफ्याक्चरिङ क्षेत्र नखुलेकाले कामदार जान पाएका छैनन् । युरोपेली मुलुकमा सिजनल भिसा भन्दै व्यक्तिगत रूपमा असुरक्षित तरिकाले पठाउने र शरणार्थी आवेदन गर्न उक्साउने क्रम बढेको बताइएको छ ।

मंसिरमा संस्थागत रूपमा सबैभन्दा बढी साउदी अरेबियामा ६ हजार ४ सय ४ जना, दोस्रोमा रहेको मलेसियामा ३ हजार ४ सय २३ जना, तेस्रोमा रहेकोे कतारमा ३ हजार १ सय ४६ जना, चौथोमा रहेको कुवेतमा २ हजार ३ सय १ जना, पाँचौंमा रहेको ओमानमा ७ सय ६६ जना र प्रायः प्रमुख गन्तव्य रहेको युएई छैटौंमा पुगेको छ । युएईपछि रहेकोे साइप्रसमा ४ सय ८४ जना, बाहराइनमा ४ सय ५५ जना, मरिससमा ३ सय ७९ जना, जोर्डनमा १ सय ९१ जना, जापानमा १ सय ७० जना र बेलायतमा म्यानपावर कम्पनीमार्फत ५ जना कामदार गएका छन् ।

Image Source: © https://mulpatra.com

मंसिरमा रिइन्ट्रीका माध्यमबाट ३६ हजार ८७ जना, जीटुजीबाट ८ सय ९७ जना, व्यक्तिगत नयाँ श्रम स्वीकृतिका माध्यमबाट १० हजार २ सय ६६ जना र वैधानिकीकरणका माध्यमबाट ५७ जना गएका छन् । मंसिरमा ७ सय ८५ म्यानपावर कम्पनीले कामदार पठाएका छन् । यस वर्ष साउनदेखि मंसिरसम्म पाँच महिनामा ३ लाख ४१ हजार ४ सय ६७ जना नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका छन् ।

धेरै पठाउने म्यानपावर कम्पनी:

एसओएस म्यानपावर सर्भिस प्रालि– ४९४
नील कमल ह्युमन रिसोर्स प्रालि– ४४७
गल्फ म्यानपावर सर्भिसेस प्रालि– ३३०
ग्रेस ओभरसिज प्रालि– २३०
अल–हयात म्यानेजमेन्ट सिस्टम प्रालि– २१४
लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रालि– २०१
त्रिपुरा इम्प्लोइमेन्ट प्रालि– १८९
एससिसी म्यानपावर कम्पनी प्रालि– १६५
अक्सफोर्ड इन्टरनेसनल प्रालि– १५६
प्याराडाइज इन्टरनेसनल प्रालि– १५५
बज्र ह्युमन रिसोर्स प्रालि– १५३
मोन्टेज ओभरसिज प्रालि– १५३
एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट्स प्रालि– १४९
सेरोन म्यानपावर सर्भिस प्रालि– १३८
मोभिरा रिक्रुटिङ कन्सल्ट्यान्सी सर्भिस प्रालि– १३१
द रिभर ओभरसिज प्रालि– १३१
इन्डो अरब म्यानपावर प्रालि– १२८
मिडिल इस्ट म्यानपावर प्रालि– १२१
लुलु इन्टरनेसनल प्रालि– १२१
पिजन इन्टरनेसनल ओभरसिज प्रालि– १२०
नाइस रिक्रुटिङ एजेन्सी प्रालि– १२०
टेस्ला ओभरसिज प्रालि– ११९
लक्की एचआर सोलुसन प्रालि– ११८
एमिनेन्स रिक्रुटमेन्ट इन्टरनेसनल प्रालि– ११८
आयुष ओभरसिज प्रालि– ११६
मुस्कान ओभरसिज प्रालि– ११५
जलजला रिक्रुटमेन्ट प्रा.लि. ११५
एएस इन्टरनेसनल ग्रुप प्रालि– ११३
त्रिवेणी एचआर सोलुसन प्रालि– १११
साउन्डलाइन्स रिक्रुटमेन्ट सर्भिस प्रालि– १०५