Close

Recent Posts

१० लाख १६ हजार नयाँ मतदाता थपिए

१० लाख १६ हजार नयाँ मतदाता थपिए
  • ७ पुष २०८२, सोमबार १५:४१

काठमाडौं । देशभरबाट मतदाता परिचय पत्र बनाउने १० लाख १६ हजार बढी थपिएका छन् ।
नयाँ मतदाताका रुपमा देशभरबाट १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

mulpatra

सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेपछि मतदाता नामावलीमा नाम लेखाउन सुचना जारी गरेको थियो । मतदाता नामावलीमा नाम लेखाउन राष्ट्रिय परिचय पत्रको डाटासँग लिंक गरेपछि घरमै बसीबसी मतदाता परिचय पत्रका लागि नाम लेखाउन सहज भएको थियो ।

फागुन २१ गते हुने निर्वाचनका लागि आज निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गरेको थियो । आज भएको सर्वपक्षिय छलफलमा प्रवक्ता भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दर्ता भएका दलहरुको संख्या ११४ पुगेको बताएका छन् । छ ।