रबि र बालेन बीच भेटघाट मध्यरातसम्म

रबि र बालेन बीच भेटघाट मध्यरातसम्म
  • ८ पुष २०८२, मंगलवार ०७:२१

काठमाडौं । काठमाडौं महानगरका मेयर बालने र रास्वपा सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ । मध्यरातमा भएको भेटघाट पाँच घण्टा चलको निकतस्थले बताएका छन् ।

mulpatra

रास्वपाका केन्द्रीय सदस्य असिम शाहले भेटघाटको चाँजोपाँजो मिलाएका थिए । उनकै निवासमा बालेन र सभापति लामिछाने बीच भेटघाट भएको थियो । पाँच घण्टाको छलफल पछि उनीहरु एककै गाडीमा निस्किएको फोटो समेत सार्वजनिक भएको छ ।

नजिकिँदै गरेको चुनावको समिक्षा चुनावमा गर्न सकिने तालमेल र राजनीतिक विषयमा छलफल भएको बताएका छन् । सोमबार साँझ ८ बजे देखि शाहको घरमा बसेका उनीहरु बिहान १ बजे मात्र निस्किएका थिए । बालेनसँग उनका सहयात्री कुमार बेन थिए । लामिछानेसँग रास्वपाका उपसभापति डिपी अर्यालसमेत सहभागी थिए ।