प्रसाईको आरोप विदेशीको योजनाअनुसार बालेन–रविले हात मिलाए, विदेशीको खेल रोक्न हिन्दुराष्ट्र आवश्यक

जनमत सङ्ग्रह नै ‘अन्तिम विकल्प’

प्रसाईको आरोप विदेशीको योजनाअनुसार बालेन–रविले हात मिलाए, विदेशीको खेल रोक्न हिन्दुराष्ट्र आवश्यकजनमत सङ्ग्रह नै ‘अन्तिम विकल्प’
  • ८ पुष २०८२, मंगलवार १३:३७

काठमाडौं–रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साह आगामी राजनीतिक यात्रा सँगै गर्ने समझदारी नजिक पुगेका छन् ।

mulpatra

गएराति रास्वपा केन्द्रीय सदस्य असिम साहको म्युजिक कम्पनीको कार्यालय रहेको भवनमा बालेन र रवि लामिछानेबीच करिब ७ घण्टा वार्ता भएको थियो । वार्तापछि उनीहरु एउटै गाडीमा बाहिरिएका थिए ।

यस यात्राको क्रममा यसपटकको चुनावमा बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि बढाउन रवि सकारात्मक बनेको स्रोत बताउँछ । यसको खण्ड भने नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले गरेका छन् ।
उनले आफनो फेसबुकमा स्टाटस लेख्दै नेपालमा राजनीतिक र सत्तामा विदेशी खेलमा बढेको र अहिले रवि–बालेनको भेटघाट पनि विदेशीकै सुझावमा भएको बताएका छन् ।

mulpatra mulpatra mulpatra

प्रसाईले आफनो स्टाटसमा नेपालमा विदेशीले चलखेल गरे व्यवसायी पलायन बाहिर पठाउने, यसको फाइदा केही व्यवसायी र मारवाडीले लिने चलखेल भइरहेको, हिजो राजनीतिक दलहरु पनि उनीहरुकै इसारामा चलेको आरोप लगाएका छन् ।

प्रसाईको स्टाट्स

प्रसाईको वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहका मागलाई प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारले सकारात्मक रुपमा लिएको छ ।

Image Source: © https://mulpatra.com

अन्तरिम सरकारसँग विभिन्न बुँदामा मागहरु राखेको उल्लेख गर्नुहुँदै वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रह जाने प्रसाईको मागलाई सरकारले एजेण्डभित्र राखेर १५ गते छलफल गदै छन् ।

उनले लडाइँ नचाहने हो भने जनमत सङ्ग्रह नै ‘अन्तिम विकल्प’ रहेको बताएका छन्। अन्तरिम सरकारले भ्रष्टाचारीलाई पनि कारबाही गर्न नसकेको र जेनजीको बलमा बनेको सरकारले जेनजीहरूलाई नै थुनिरहेको भनेर सरकारमाथि प्रश्न उठिरहेको छ । जेनजी विद्रोहीलाई थुन्न नहुने उनको भनाइ छ ।

प्रसाईंले भने, ‘हामीले किराँत बौद्धसहितको वैदिक सत्य सनातन हिन्दु धर्म, राजसंस्था र प्रदेश एवं प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जाऔँ भनेका छौँ। मेरो माग नेपाल टुक्राउँ भन्ने छैन । सरकारले माग पूरा गर्नेमा ६० प्रतिशत विश्वस्त छु। माग पूरा नभए आन्दोलन छँदैछ नि । चित्त नबुझ्नेले आन्दोलन गर्ने हो। यी माग पूरा भएनन् र चित्त बुझेन भने त आन्दोलन गर्छौं ।’ उनले भने ।

२३ र २४ गतेको आन्दोलन गर्नेहरूलाई थुन्न नहुने उनको माग छ । राष्ट्र जोगाउने भए सबैले आफूलाई साथ दिन पनि आह्वान गरे ।