Close

Recent Posts

श्रम मन्त्रालयले बैरो विभागमा पहिलो महिला महानिर्देशक पठाइयो

श्रम मन्त्रालयले बैरो विभागमा पहिलो महिला महानिर्देशक पठाइयो
  • ९ पुष २०८२, बुधबार १०:५८

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागमा पहिलोपटक महिला महानिर्देशक पठाएको छ । श्रम मन्त्रालयले विभागको महानिर्देशक मिरा आचार्यलाई पठाएको छ ।

mulpatra

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले विभागमा सबै महिला राखेर त्यहाँको विकृति रोक्ने तयारी रहेको बताइरहेका बेला विभागमा महिला महानिर्देशक जानुलाई अर्थपुर्णमा रुपमा हेरिएको छ ।

वैदेशिक रोजगार विभागका डिजी कमलप्रसाद भट्टराईको मधेश प्रदेशमा सरूवा भएपछि आचार्यलाई उक्त ठाउँमा श्रम मन्त्रालयले पठाएको हो । उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गत साता सरुवा भएर श्रम मन्त्रालय आएकी थिइन् ।

mulpatra mulpatra mulpatra

जेनजी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले केही प्रशासनिक क्षेत्रमा महिलाहरुलाई समेत प्रथामिकतामा राखेर काम गराउ खोजिरहेकी छिन् । प्रधानमन्त्रीको टिमलाई सामान्य प्रशासन मन्त्रालयबाट पठाएका दुई सहसचिव पार्वती र मिरामध्ये कसले वैदेशिक रोजगार विभागका चलाउन सक्छ भनेर छान्ने बाध्यता थियो ।

तर अन्तिममा मन्त्रालयले मिरालाई नै विभागको महानिर्देशकमा पठाएको पाइएको हो । मिरा आचार्यलाई वैदेशिक रोजगार क्षेत्रका समस्या र त्यहाँ भएको बेथीति रोक्न आफनो प्रयास रहने मूलपत्रसँग बताएकी छिन् ।