नरेन्द्र खड्का सहित राप्रपाका तीन जना उम्मेदवार सिफारीस

नरेन्द्र खड्का सहित राप्रपाका तीन जना उम्मेदवार सिफारीस
  • ९ पुष २०८२, बुधबार ११:४०

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर १ बाट नरेन्द्र खड्का सहित तीन जनाको नाम सिफारीस गरेको छ ।

mulpatra

पार्टीको क्षेत्रीय समितिले नरेन्द्र खड्का, हेमराज कार्की र अशोक सुब्बाको नाम सिफारीस गरेको छ । खड्काको नाम पहिलो नम्बरमा, दोश्रोमा राप्रपाकै प्राज्ञिक परिषदका केन्द्रीय उपाध्यक्ष काकी र तेश्रोमा सुब्बाको नाम सिफारीस गरेको हो ।

क्षेत्रीय समितिको बैठकले समानुपातिकतर्फ दिपेश राई (गोरे), लक्ष्मण खत्री, बाबुराम पराजुली र शुभद्रा अधिकारीको नाम पनि सिफारिस गरेको छ ।

झापा क्षेत्र नं. तीनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको एकल सिफारिस भएको थियो ।