Close

Recent Posts

वैदेशिक रोजगारीमा १८ देश पुगेका १ हजार १७१ नेपाली जेलमा, आधा व्यक्तिगत भिसामा गएका पनि थुनिए

मदिरा, लागु पदार्थ सेवन, हत्या तथा अध्यागमन कानुन उलंघनको अभियोग

वैदेशिक रोजगारीमा १८ देश पुगेका १ हजार १७१ नेपाली जेलमा, आधा व्यक्तिगत भिसामा गएका पनि थुनिएमदिरा, लागु पदार्थ सेवन, हत्या तथा अध्यागमन कानुन उलंघनको अभियोग
  • ९ पुष २०८२, बुधबार १७:०७

काठमाडौं– वैदेशिक रोजगारीका लागि गएका १ हजार १७१ नेपाली थुनामा छ । परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपाली दूतावास मार्फत संकलन गरिएको १८ देशका विभिन्न जेलमा १ हजार १७१ नेपाली थुनामा छन् ।

mulpatra

यो तथ्यांक सन् २०२५ मे महिना सम्मको भएको मन्त्रालयले जनाएको छ । आधाभन्दा बढी व्यक्तिगत भिसामा गएको नेपाली जेलमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जेल पर्नेमध्ये अधिकांश वैदेशिक रोजगारीमा गएकै लागि गएको मन्त्रालयले जनाएको छ । जेलमा रहेका मध्ये आधाभन्दा बढी व्यक्तिगत भिसामा गएका नेपाली समेत रहेको मन्त्रालयको प्रतिवेदनमा भनिएको छ ।

सबैभन्दा बढी नेपाली साउदीको जेलमा छन् । साउदी जेलमा ५ सय ४७ नेपाली रहेको परराष्ट्र मन्त्रालयको प्रतिवेदनमा भनिएको छ । साउदीमा सामान्य कानुन नबुझदा, लागु पदार्थ सेवन, हत्या र अध्यागमन कानुन उलंघन गरेको अभियोगमा नेपाली जेलमा रहेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

यस्तै साउदीपछि यूएई र मलेसियाको जेलामा नेपाल धेरै छन् । यूएईमा २ सय ४२, मलेसियामा १ सय ८५ जना नेपाली जेलमा रहेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

कुवेतमा ५१, ओमानमा २५, टर्कीमा २०, चीनमा १४, बहराइनमा ९, साइप्रसमा ४, हङकङमा ३, क्रोएसिया र मोजाम्बिकमा २–२ जना तथा म्यानमार, अष्ट्रिया, इराकका जेलमा एक–एक जना छन् । विदेशी जेलमा रहेका नेपालीमध्ये अधिकांश वैदेशिक रोजगारीका सिलसिलामा गएका युवा रहेका छन् ।

खाडीका विभिन्न श्रम गन्तव्यमध्ये अधिकांश नेपाली मदिरा, लागु पदार्थ सेवन, हत्या तथा अध्यागमन कानुन उलंघनको अभियोगमा जेल पर्ने गरेका छन् । प्रतिवेदनले खाडी मुलुक र मलेसिया जस्ता प्रमुख गन्तव्यमा नेपाली कैदीको संख्या सबैभन्दा बढी देखाएको छ ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उपे्रतीले विदेशी जेलमा धेरै नेपाली भए पनि बोर्डमा सहजीकरणका लागि न्यून गुनासो आउने गरेको बताए । विदेशी जेलमा रहेका श्रमिकलाई कानुनी सहायतामा बोर्डले सहजीकरण गर्दै आएको छ । निवेदन आए बोर्डले सम्बन्धित देशको दूतावासमा पठाउने गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको श्रम आप्रवासन प्रतिवेदन २०२४ मा खाडी र मलेसिया जस्ता ठूला श्रम गन्तव्यमा धेरै नेपाली जेलमा रहेको उल्लेख छ ।

भिडियो