झापा १ मा विश्वप्रकाश शर्माको विकल्प विश्वप्रकाश नै

झापा १ मा विश्वप्रकाश शर्माको विकल्प विश्वप्रकाश नै
  • ११ पुष २०८२, शुक्रबार १०:५७

काठमाडौं । वर्तमान सरकारले घोषणा गरेको २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले भाग नलिने कुरा गरेका छन् । महामन्त्रीसँगै अर्का सहमहामन्त्री बद्री पाण्डेले समेत प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका बेला झापा १ मा विश्वप्रकाश शर्माको विकल्प नभएको कांग्रेस क्षेत्रिय सभापति इन्द्र बुढाथोकीले बताएका छन् ।

mulpatra

महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफू आगामी निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराएका थिए ।

महामन्त्री शर्माले अघिल्लो निर्वाचनमा भारी मतले जित निकालेका थिए । फागुन २१ को निर्वाचनमा समेत झापा–१ बाट सर्वसम्मत् रुपमा शर्माको नाम सिफारिश भएको छ ।

उम्मेदवार सिफारीस गरेर पठाएको झापा १ का कार्यकर्तामा भने शर्माको निर्णयबाट निरासा छाएको कांग्रेस क्षेत्रिय सभापति इन्द्र बुढाथोकीले बताएका छन् । उनले भने ‘हामिले विगतमा भारी मतले जिताएर पठायौ, पार्टीको महामन्त्री भएको मान्छे एकाएक उम्मेदवार नहुने विषय भन्नै नै हुँदैन, यसले आम कार्यकर्तामा निरासा छाउँछ’ ।

विशेष महाधिवेशनको प्रस्ताव केन्द्रमा पेश भएपछि कांग्रेस भित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको मुद्धा पेचिलो भइरहेको बेला दुई महामन्त्रीको निर्वाचन नलड्ने घोषणाले पार्टी केन्द्रलाई दबाब दिने काम गरेको समेत बुढाथोकीको भनाई छ ।

महाधिवेशनको तयारीका लागि वितरण गरिएको क्रियासिल सदस्यको प्रक्रिया समेत अघि नबढाएको कारण महामन्त्रीद्वयले उक्त निर्णय गरेपनि दुबैको उम्मेदवारी कायम रहने बुढाथोकीको बुझाई छ ।

बुढाथोकि भन्छन ‘निर्वाचन लड्नका लागि मात्र होइन, निर्वाचित हुनु मात्र पनि होइन पार्टीको उपयुक्त पात्र चाहिँ महत्वपूर्ण कुरा हो त्यसकारण महामन्त्री शर्मा र थापा दुबै आवश्यक छन्, उनीहरुको विकल्प खोज्ने काम कसैले गर्दैनन् र त्यो झापा क्षेत्र नं. १ मा पनि हुँदैन ।

‘पुराना पार्टी विफल हुँदा राष्ट्र विफल हुने परिस्थिति सिर्जना हुन्छ’ भन्दै बुढाथोकि भन्छन् ‘पुराना पार्टी भित्रको चित्त दुखाईलाई समेत मल्हम लगाउने काम आम युवाहरुको भरोसा रहेका शर्मा र थापाले नै गर्ने हो ।’

जेनजी आन्दोलन पछि आम मानिसमा पुराना राजनीतिक दलप्रतिको उठेको संसय चिर्दै नेतृत्व गर्ने काम महामन्त्रीद्वय शर्मा र थापाको काँधमा रहेको बताउँदै बुढाथोकी भन्छन त्यसैले झापा क्षेत्र नं. १ को उम्मेदवारीमा महामन्त्री विश्वप्रकाश शर्माको विकल्प विश्वप्रकाश मात्र हो ।