आज दिनभरी हुस्सु, भोली बर्षाको सम्भावना
काठमाडौं । आज दिनभर तराईका केही ठाउँमा हुस्सु लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि दिउँसो कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायूको प्रभावका कारण तराईमा दिनभर नै हुस्सुको प्रभाव कायमै रहनेछ ।
त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली रहेको महाशाखाले जनाएको छ । बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले जनाएको छ ।
राति तराईका अधिकांश स्थानमा हुस्सु लाग्नेछ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। चिसो बढेसँगै तराईको जनजीवन प्रभावित बनेको छ । यसैबीच महाशाखाले चिसोबाट बच्न समेत आव्हान गरेको छ ।
काठमाण्डौको आज बिहान्को न्यूनतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ ।
काठमाडौं । देशका केही स्थानमा भोलि आइतबार वर्षा हुने सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपातको सम्भावना देखिएको हो।
