Close

Recent Posts

निर्वाचन आचारसंहिता २०८२ सार्वजनिक, यी विषयमा गर्यो कढाई

निर्वाचन आचारसंहिता २०८२ सार्वजनिक, यी विषयमा गर्यो कढाई
  • १४ पुष २०८२, सोमबार ०६:३०

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगले आइतबार बैठक बसेर आचारसंहिता स्वीकृत गरेको हो ।

mulpatra

माघको पहिलो साताबाट लागु हुने आचारसंहिताले निर्वाचनमा एक उम्मेदवारले चुनावी प्रचार प्रसार गर्दा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने र गाडी चल्न नसक्ने ठाउँमा चार वटा घोडा भन्दा बढी घोडा प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ ।

नयाँ आचारसंहिता अनुसार राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, ब्याज, ट्याटु जस्ता सांकेतिक सामाग्री उत्पादन गर्न, प्रयोग गर्न, विक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन पाइने छैन ।

mulpatra mulpatra mulpatra

निर्वाचन आयोगले एआईको दुरूपयोग गर्न नहुने भन्दै सामाजिक सन्जालमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सुचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्धेषपूर्ण भाषण जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने समेत आचारसंहितामा उल्लेख छ ।

त्यस्तै ‘कुनै दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्न नहुने’, र
आचार संहितामा दल वा उम्मेदवारले चुनाव प्रचार प्रसारका क्रममा जुलुस, आमसभा, कोणसभा, घरदैलो, भेटघाट वा जुनसुकै प्रकारको र्‍याली, गर्दा बढीमा दश वटा राष्ट्रिय झन्डा मात्र प्रयोग गर्न सकिने उल्लेख छ ।

पुर्णपाठः

Image Source: © https://mulpatra.com