Close

Recent Posts

संस्थागत इराकको रोजगारी खुलेको प्रचार, श्रम मन्त्रालयले भन्छ, पुनःश्रम स्वीकृतिमा मात्र जान पाउने

संस्थागत इराकको रोजगारी खुलेको प्रचार, श्रम मन्त्रालयले भन्छ, पुनःश्रम स्वीकृतिमा मात्र जान पाउने
  • १४ पुष २०८२, सोमबार ११:४९

काठमाडौं– वैदेशिक रोजगारीका लागि इराकमा काम गरेर ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेकाले अब नेपालबाटै श्रम स्वीकृति लिएर पुनः जान पाउने बाटो खुलेको छ ।

mulpatra

गत शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले इराकको आधिकारिक भिसा र ‘रेसिडेन्सी कार्ड’ भएका नेपालीलाई आवश्यक प्रक्रिया पु¥याएर श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । यसअघि इराक नेपाल श्रमिकका लागि वैदेशिक रोजगारीका लागि ‘प्रतिबन्धित’ वा ‘जोखिमयुक्त’ मुलुकको सूचीमा राखिएका कारण त्यहाँबाट फर्किएका श्रमिकले श्रम स्वीकृति पाउन सकेका थिएनन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) इराकका अनुसार इराक हाल ३० हजार नेपाली कार्यरत रहेका छन् । त्यहाँका प्रतिष्ठित कम्पनीमा कार्यरत छन् । उनीहरुले घर विदामा आएर फर्किने पाउने बाटो सरकारले खुलाइ दिएको छ । तर केही म्यानपावर कम्पनीले भने इराक कामदार पठाउने भन्दै फेसबुकमा प्रचार समेत गर्न थालेका छन् ।

इराकमा वैध भएर काम गरेका श्रमिकले श्रम स्वीकृति नपाउँदा नेपाल आउँदा रोजगारी गुम्ने डरले लामो समयदेखि जाउआउ गर्न नै पाएका थिएन । अवैध बाटोबाट इराक जानुपर्ने बाध्यतालाई कम गर्न र त्यहाँ रहेकाको विवरण सरकारी अभिलेखमा राख्न यो कदमले सहयोग पुग्ने श्रम मन्त्रालयले जनाएको छ ।

विभिन्न माध्यमबाट इराक गई इराकको आधिकारिक भिसामा काम गरिरहेका र घर बिदामा आएर पुनः जान चाहनेलाई सरकारले श्रम स्वीकृति दिने निर्णय गरेसँगै जान बाटो खुलेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता पीताम्बर घिमिरेले इराक सरकार कानुनमा वैध भएर काम गरेका तर नेपालको कानुनमा अवैध भएकालाई वैध बनाउने काम मात्रै गरेको दिएका छन् । यो निर्णयले इराकमा नयाँ जानका लागि श्रम स्वीकृति दिने गरी भने खुला नभएको उनको भनाइ छ ।

इराक द्वन्द्वग्रस्त देश भएकाले रोजगारीमा जान उचित नभएको भन्दै सन् २००४ देखि श्रम स्वीकृति दिन रोकिएको थियो । सन् २००४ मा १२ जना नेपाली श्रमिकको चरमपन्थी समूहबाट भएको बीभत्स हत्यापछि नेपाल सरकारले इराक जान पूर्ण प्रतिबन्ध लगाएको थियो ।

नेपालले अहिलेसम्म १७९ देशसँग दौत्य समबन्ध कायम गरेको छ । तर, वैदेशिक रोजगारीका लागि १११ देश खुला भएपनि अफगानिस्तान, लिबिया र इराक वैदेशिक रोजगारीमा जान नपाउने गरी कालोसूचीमा राखिएको छ ।