Close

Recent Posts

राजनीतिकमा प्रष्ट धार छुटिएको र स्वच्छ नेपालीसहित हिन्दुराष्ट्रको नेतृत्व आफुले गर्ने धरानबाट प्रसाईको घोषणा

अब चाहि वैकल्पिक शक्ति मेरै नेतृत्वमा बन्छ

राजनीतिकमा प्रष्ट धार छुटिएको र स्वच्छ नेपालीसहित हिन्दुराष्ट्रको नेतृत्व आफुले गर्ने धरानबाट प्रसाईको घोषणाअब चाहि वैकल्पिक शक्ति मेरै नेतृत्वमा बन्छ
  • १४ पुष २०८२, सोमबार १६:२४

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौंका प्रमुख बालेन शाहविरुद्ध खनिएका छन् ।

mulpatra

धरानको कार्यक्रमलाई सम्बोधन गदै प्रसाईंले भदौ २४ गते सिंहदबार, अदालतमा आगो लगाउने शाह र रविलाई नख्खुबाट छुटाउने समूह एउटै रहेको दाबी गरे । ‘सिंहदरबारमा आगोे लाग्यो । त्यही टिम गएर अदालतमा आगो लगायो । त्यही टिम गएर रविलाई छुटायो । रविलाई अहिले जेलबाट निकालियो । जसमा बालेनका पनि हात र साथ रहेको देखियो ।’ प्रसाईंले भने ।

रवि जेलबाट छुटेपछि उनलाई भेट्ने प्रति पनि प्रसाई आक्रोशित देखिए । उनले भने, ‘ बालेन् र सुदन गुरुङ रविसँग जाने । अर्को, पनि रविसँग जाने भनेपछि मैले भनेको कुरा पुग्यो कि पुगेन ? कत्रो साँठगाँठ रहेछ । यो प्रष्ट देखियो । ?’

mulpatra mulpatra mulpatra

त्यहीकारण जनताको आवश्यकता र देशको रक्षाका लागि आफनो आवश्यकता रहेको उनले बताए । उनले सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा आएर अगाडि बढ्नसमेत आग्रह गरे । ‘यतिमात्रै होइन, जेन–जी आन्दोलनपछि वैकल्पिक शक्तिहरू एक ठाउँमा नआए पुराना दलभन्दा नयाँ सोच हुन्छ । त्यसपछिका सम्भावित कदम र दृश्यबारे नयाँ शक्ति निर्माण हुन्छ ।’ उनले भने ।

नयाँ चुनावी चक्रतिर उन्मुख हुँदै गर्दा राजनीतिक तापक्रम एकाएक बढेको छ । तर अहिले चुनाव होला भन्ने अवस्था नभएको उनको दाबी छ । जेनजी पुस्ताले रोजेको नेतृत्व सत्य, पारदर्शिता, डिजिटल पहुँच, दक्षता र सदाचारमा आधारित सरकार हुनुपर्ने उनको माग छ ।

प्रसाईले वित्तीय संस्थाकै कारण घर झगडा हुने गरेको बताउँदै २० लाख भन्दा मुनिको ऋण मिनाहा हुनपर्ने माग राख्दै भने–‘अहिले एक करोड मान्छे बाहिर छन्, साउदी, कतार, दुबई लगायत अन्य पश्चिमा देशहरूमा नेपालीहरू छन्, यी मध्ये ४० प्रतिशत मान्छे युरोप, अमेरिका, क्यानडा लगायतका देशहरूमा छन्, ती गएका मान्छेहरू फर्किएर नआउने सम्भावना बढेको छ, युवाहरू नै पलायन भएपछि देशलाई धेरै घाटा छ ।’

Image Source: © https://mulpatra.com

प्रसाईले राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानको रूपमा आफू लागि परेको बताए । विरोध सभामा शम्भु थापाले सम्बोधनका क्रममा बित्तीय संस्थाको चर्को ब्याजदरका कारण आम मानिस विदेशिन बाध्य भएको बताए ।