Close

Recent Posts

यी हुन् २७ अर्ब ८० करोड रुपैयाँ मागदावी सहित मुद्धा दर्ता भएका गोल्छा सहितका व्यक्तिहरु

यी हुन् २७ अर्ब ८० करोड रुपैयाँ मागदावी सहित मुद्धा दर्ता भएका गोल्छा सहितका व्यक्तिहरु
  • २९ जेष्ठ २०८३, शुक्रबार १०:३५

काठमाडौँ । व्यवसायी दीपक भट्ट, शंकरलाल अग्रवाल, सुलभ अग्रवाल, साहिल अग्रवाल तथा पूर्व एफएनसीसीआई अध्यक्ष शेखर गोल्छासमेतलाई प्रतिवादी बनाउँदै वित्तीय, धितोपत्र, बैंकिङ र सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर कसुरमा तीन फरक अदालतमा मुद्दा दायर गरिएको छ ।

mulpatra

जिल्ला अदालत काठमाडौं, विशेष अदालत र उच्च अदालत पाटनमा बिहीबार दायर गरिएका मुद्दामा कुल ८६ जनालाई प्रतिवादी बनाइएको छ भने करिब २७ अर्ब ८० करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले धितोपत्रसम्बन्धी कसुरमा ८१ जनाविरुद्ध १ अर्ब १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबीसहित मुद्दा दायर गरेको हो । अभियोगपत्रअनुसार प्रतिवादीहरूले भृकुटी स्टक ब्रोकिङलाई केन्द्र बनाएर ‘सर्कुलर ट्रेडिङ’ मार्फत नेपाल पुनर्बिमा कम्पनी, एनएलजी इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफलगायत कम्पनीको सेयर मूल्य कृत्रिम रूपमा बढाई बजारमा चलखेल गरेको आरोप छ ।

mulpatra mulpatra mulpatra

यी हुन् प्रतिवादी

सम्पत्ति शुद्धीकरण, धितोपत्र र बैंकिङसम्बन्धी फरकफरक कसुरमा व्यवसायीहरू दीपक भट्ट, शंकरलाल अग्रवाल, साहिल अग्रवाल, सुलभ अग्रवाल, सुभी अग्रवाल, शेखर गोल्छा, राजबहादुर शाह, उपासना पौडेल, रोहित गुप्ता, ऋषिराज मोर, सन्दीप चाचान, दीपक वंशल, अधिक श्रेष्ठ, प्रधिना चाहाल, सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, बद्री सिग्देल, मृगेन्द्रनाथ रिमाल, सुजल मल्ल, मृदुला सरियालाई प्रतिवादी बनाइएको छ।

त्यस्तै रोहितकरण वैद्य, धिवुर पुरी, पवित्रलाल चुके, विनोदनरसिंह श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, सुनिता महर्जन, प्रतापमान श्रेष्ठ, निकोलस पाण्डे, बलराम खत्री, मनीष तिमिल्सिना, नेहा अग्रवाल, अधिक सिंह, रामकुमार यादव, देवेन्द्र भिताल, कृतिका अग्रवाल, दिनेश सरिया, निरु चाहाल, नितेश मालपानी, गणेशराज पन्त, भानुभक्त पोखरेललाई पनि प्रतिवादी बनाइएको छ।

Image Source: © https://mulpatra.com

नरेशकुमार रोका, दीपेशकुमार श्रेष्ठ, सचिन आचार्य, सौरभ दुर्गा, राजीवप्रसाद प्याकुरेल, प्रमिला केसी, दिगम्बर झा, अधिक ढकाल, कपिलकुमार चाहाल, विवेककुमार शाह, मनोजकुमार लाल कर्ण, राजनप्रसाद अधिकारी, दिनु घिमिरे, नारायणकुमार अधिकारी, उत्सव प्रधानांग, सुमेरशमशेर ज।ब। राणा, सुवास पौडेल, सालिनी सांघाई, प्रतिक जोशी, उदिप श्रेष्ठलाई पनि प्रतिवादी कायम गरिएको छ।

यसैगरी जयप्रकाश जयसवाल, उदयनारायण भट्टराई, त्रिशिला झुनझुनवाला, प्रमोदप्रसाद भट्टराई, ज्योति अग्रवाल, नवराज मुग्भरी, चिरायु भण्डारी, ज्योतिप्रकाश पाण्डे, समीर खरेल, अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुवासकुमार झुनझुनवाला, दीपककुमार श्रेष्ठ, शिशिर गैह्रे, सीताराम ढकाल, रितेश प्रधान, आकांक्षा गुप्ता, सुभाषबहादुर श्रेष्ठ, सुधा कर्ण, राजीव ठाकुरलाई पनि प्रतिवादी बनाइएको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com