रबि, बालेन कुलमान एकैठाउँ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ बीच निर्वाचनमा सँगै मिलेर जाने सहमति भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र शाह बीच सँगै निर्वाचनमा जाने ‘बृहत् एकता’ सम्बन्धी सहमतिमा हस्ताक्षर भएको भोली पल्टै कुलमान घिसिङ समेत रास्वपामा सँगै जाने निर्णय भएको छ ।
बालेसँगको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाह रहने छन् भने कुलमान घिसिङ पार्टीको् दोश्रो वरियता रहने गरि सहमति भएको घिसिङको सचिवालयले जनाएको छ ।
