रास्वपाको सभापति रबि लामिछाने र उपसभापति कुलमान घिसिङ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रबि लामिछाने र उपसभापति कुलमान घिसिङ हुने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ बीच पार्टी एकता गर्ने सहमति भएसँगै कुलमान उपसभापति हुने भएका हुन् ।

आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले पार्टी एकता गर्ने सहमति गरेका हुन् । सहमति अनुसार घिसिङ पार्टीमा दोश्रो वरियतामा रहने छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र शाह बीच सँगै निर्वाचनमा जाने ‘बृहत् एकता’ सम्बन्धी सहमतिमा हस्ताक्षर भएको भोली पल्टै उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ समेत रास्वपा जान तयार भएका छन् ।
हिजो बालेसँगको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाह रहने सहमति भएको थियो ।
आज रास्वपाका कुलमानको उज्यालो नेपाल पार्टीका समेत एकता हुने भएपछि घिसिङ पार्टीको दोश्रो वरियता रहने गरि सहमति भएको हो ।
