Close

Recent Posts

समानुपातिक उम्मेदवारको बन्दसूची लिएर कांग्रेस पुग्यो आयोग

समानुपातिक उम्मेदवारको बन्दसूची लिएर कांग्रेस पुग्यो आयोग
  • १५ पुष २०८२, मंगलवार ११:१२

काठमाडौं– समानुपातिक उम्मेदवारको बन्दसूची लिएर नेपाली कांग्रेसका उम्मेदवार मंगलबार बिहान निर्वाचन आयोगमा पुगेका छन् । कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्मासहित नेता बन्दसूची लिएर आयोगमा पुगेका हुन् ।

mulpatra

निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो । सोमबार दिउँसै कांग्रेस नेता विश्वकर्मा समानुपातिक सूची बुझाउन निर्वाचन कार्यालयमा पुगेका थिए । तर, पछि सूचीमा समेटिएका नाम हेरफेर गर्दा ढिलाइ भएको कांग्रेस नेताहरूले बताएका छन् ।

गएराति सूची पेस गर्दा आयोगले देउवाको डिजिटल हस्ताक्षरलाई मान्यता नदिएपछि मंगलबार बिहान कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल सहितका नेता सूचीमा हस्ताक्षर गराउन महाराजगन्जस्थित देउवा निवास पुगेका थिए ।

mulpatra mulpatra mulpatra

आयोगले भने कांग्रेसले पहिल्यै निवेदन दिइसकेको र सनाखत गराइसकेकाले आज पनि नामावली बुझाउन सक्ने जनाएको छ।

कांग्रसले पनि समानुपातिक सूचीमा नयाँ अनुहारलाई प्राथमिकता दिइएको जनाएको छ। कांग्रेसले ०६४ यताका समानुपातिकबाट सांसद बनेका कसैलाई पनि सूचीमा राखेको छैन।

कांग्रेस प्रचार विभाग प्रमुखसमेत रहेका विश्वकर्माले प्रादेशिक भूगोलको जनसंख्याका आधारमा प्रतिनिधित्व कोटा निर्धारण गरेर समानुपातिक उम्मेदवारको नाम छनोट गरिएको बताएका छन्।

Image Source: © https://mulpatra.com

कांग्रेसको सूचीमा ५ प्रतिशतभन्दा बढी जेन–जीको प्रतिनिधित्व रहेको बताएको छ। कांग्रेसले संस्थापनपक्षलाई ६० र इतरपक्षलाई ४० प्रतिशतको भागबन्डा मिलाएर उम्मेदवार छनोट गरेको हो।

कांग्रेसबाट समानुपातिक सूचीमा सहमहामन्त्री भीष्मराज आङदेम्बे र कांग्रेसका पुराना अर्जुननरसिंह केसी पनि समेटिएका एक नेताले जानकारी दिए।

समानुपातिकतर्फको १ सय १० सिटलाई कांग्रेसले प्रादेशिक जनसंख्याको अनुपातमा कोटा छुट्याएर वितरण गरिएको जनाएको छ। जसअनुसार कोसीबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिमबाट १० जनाको नाम सूचीमा समेटिएको छ।