प्रधानमन्त्री र दुर्गा प्रसाईबीच वान टु वान वार्ता, किँरात, बौद्धसहितको हिन्दु अधिराज्यका लागि प्रधानमन्त्री सकारात्मक
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबी भेटवार्ता हुने भएको छ । उनीहरूबीच बीच आज वान टु वान भेटवार्ता भएको छ ।

प्रसाई र प्रधानमन्त्रीबीच भएको वान टु वान वार्तामा हिन्दुराष्ट्रका लागि जनमत संग्रह गर्ने विषयमा छलफल भएको छ । यस विषयमा फेरी प्रधानमन्त्री र प्रसाईबीच विहिबार वार्ता गर्ने मिति तय भएको प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले जानकारी दिए ।
चैत १५ गते भएको तीनकुने घटनामा प्रसाईं लगायतका अभियन्ताहरूमाथि लगाइएको फौजदारी मुद्दाहरू फिर्ताको प्रक्रिया अघि बढाउनुपर्ने, भूमिहीन सुकुमबासी र कवाड व्यवसायीहरूलाई वैकल्पिक व्यवस्था नभएसम्म अहिलेको स्थानबाट नहटाउन सुनिश्चित हुनुपर्ने, बैंक, लघुवित्त, सहकारी लगायतका वित्तिय संस्थाहरूको समस्या समाधान हुनुपर्ने, किँरात, बौद्धसहितको हिन्दु अधिराज्य, प्रदेश खारेजी र राजसंस्थाको सन्दर्भमा जनमत संग्रहको माध्यमबाट निर्णय लिनुपर्ने, चिकित्सा शिक्षा नर्सिङ, एमबीबीएस, एमड िअध्ययनका लागि विद्यार्थी कोटा वृद्धि गर्नुपर्ने लगायतका मागलाई सरकारले प्राथमिकतामा राखेको छ ।
यी विषयमा सकारात्म छलफल भएको र हामीले आजपनि किँरात, बौद्धसहितको हिन्दु अधिराज्यको लागि आवाज उठाएको र प्रधानमन्त्रीले समेत यस विषयलाई सकारात्मक रुपमा दिएको प्रसाईले मूलपत्रलाई जानकारी दिए । हामीले देशको हितका लागि आवाज उठाएको होैं । यसमा प्रधानमन्त्रीले बुझनु भएको रछ । मैले धन्यवाद समेत दिए । विहिवार फेरी वार्ता हुने प्रसाईले बताए ।
