एमाले नेता पूर्वमन्त्री गुप्तालाई विशेष अदालतको थुनामा राख्न आदेश

एमाले नेता पूर्वमन्त्री गुप्तालाई विशेष अदालतको थुनामा राख्न आदेश
  • १६ पुष २०८२, बुधबार १९:५१

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ । घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा लागेका उनलाई थुनछेक बहसपछि अदालतले थुनामा राख्न आदेश दिएको छ ।

mulpatra

घुस आरोप खेपेका पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ।
बुधबार विशेष अदालतमा बयान दिएका उनका लागि थुनछेक बहस पछि अदालतले उनलाई थुनामा राखेर मुद्दा अघि बढाउने निर्णय गरेको हो ।

विशेष अदालतले घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ । गुप्ता पोखराको बाटुलेचौर जग्गा प्रकरणमा मुछिएका थिए ।

mulpatra mulpatra mulpatra

गुप्ताको असार ३१ गते बिचौलियासँग घुससम्बन्धी गरेको संवाद बाहिरिएको थियो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका बेला आर्थिक लेनदेनमा मुछिएपछि उनलाई मन्त्रीबाट हट्न भनेपछि उनले राजिनामा दिएका थिए ।

विशेष अदालतमा सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउनुपर्ने आदेश गरेको हो ।