Close

Recent Posts

स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेजीविरुद्धको रिटमा अदालतले अन्तरिम आदेश दिएन

स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेजीविरुद्धको रिटमा अदालतले अन्तरिम आदेश दिएन
  • १७ पुष २०८२, बिहीबार १९:३४


काठमाडौं – वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि थप आर्थिक बोझ थोपर्ने उद्देश्यसहित गरिएको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेजीको माग गर्दै दायर उत्प्रेषण रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेकाे छ ।

mulpatra

अदालतको आधिकारिक पेशी तथा मुद्दा व्यवस्थापन सूचीमै ‘अन्तरिम आदेश जारी नगर्ने’ स्पष्ट उल्लेख भएपछि शुल्क वृद्धिको नाममा गरिएको दबाब, चलखेल र एकाधिकार प्रयास तत्काल राेकिएकाे हाे ।


कैलाश खड्काको अनमोल मेडिकल सेन्टर प्रालिसमेत वादी रहेको उक्त रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रममन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्यमन्त्री, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डको सचिवालयलाई विपक्षी बनाइएको छ।

mulpatra mulpatra mulpatra

रिट गत पुस ६ गते दायर भएको थियो भने पुस ७ गते न्यायाधीश केशवप्रसाद बास्तोलाको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा विपक्षी झिकाउने आदेश दिएको थियो।

सोही आदेशअनुसार बिहीबार भएको बहसपछि अदालतले शुल्क वृद्धि रोक्न अन्तरिम आदेश आवश्यक नदेखिएको निष्कर्ष निकालेको हो।