काग्रेस महामन्त्रीद्वयको विज्ञप्तीपछि देउवाले बोलाए कार्यसम्पादन समिति बैठक आज दिउँसो बस्ने
काठमाडौं । नेपाली कांग्रेस भित्र बढीरहेको विवादका बीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित भएको विज्ञप्ती जारी गरेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

महामन्त्रीद्वय ले ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्ने गरी यसै सूचनामार्फत स्थगित गरिएको जानकारी गराइन्छ ।’ भन्दै विज्ञप्ती जारि गरेका थिए ।
सोही विषयमा छलफल गर्न आज आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
