देशभर मौसमी प्रभावः काठमाडौं न्युनतम तापक्रम ५.५ डिग्री
काठमाडौं । देशभर पश्चिमी वायुको प्रभावका कारण तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५–५ डिग्री सेल्सियस मापन गरिएको थियो । दिउँसो अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा साधारण बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । तराई भूभागका धेरै स्थानमा बिहानीपख हुस्सु र कुहिरो रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
