नेकपा संयोजक प्रचण्ड र कांग्रेस सभापति देउवालाई जाँचबुझ आयोगको पत्र
काठमाडौं । जेनजी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न आयोगले नेकपा संयोजक प्रचण्ड र कांग्रेस सभापति देउवालाई पत्र काटेको छ ।

जेनजी आन्दोलनका नाममा भएका हत्या हिंसा, लुटपाट र आगजनीका विषयमा आयोग गठन गरिएको थियो । सोही आयोगले गृहमन्त्री रमेश लेखकलाई बयान लिइसकेपछि पूर्वप्रधानमन्त्री प्रचण्ड र देउवालाई पत्र काटेको हो ।
दुई दिनमा भएका घटनाबारे बुझ्न भन्दै पत्राचार गरेको र पत्र नेताहरुले बुझिसकेको आयोगका एक सदस्यले बताए । बयान दिन आयोगमा आउन र सम्भव नभए लिखित जवाफ दिन पनि भनिएको छ । यसका लागि आयोगले प्रश्नहरु समेत पठाएको छ ।
आयोगले बयानका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पत्र काट्ने तयारी गरेको छ । ओलीलाई पत्र लेख्ने विषयमा आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरिसकेका छन् ।
