Close

Recent Posts

क्रिप्टो कारोबारमा निगरानी गदै सरकार, जापान, अष्टेलिया र दक्षिण कोरियाबाट ३ हजारभन्दा बढी नेपालीले क्रिप्टो कारोबार गर्दै

क्रिप्टो कारोबारमा निगरानी गदै सरकार, जापान, अष्टेलिया र दक्षिण कोरियाबाट ३ हजारभन्दा बढी नेपालीले क्रिप्टो कारोबार गर्दै

भारतीय विदेशमन्त्री जयशंकरले छिमेकी खराब हुनसक्ने भन्दै कतातिर संकेत गरे

भारतीय विदेशमन्त्री जयशंकरले छिमेकी खराब हुनसक्ने भन्दै कतातिर संकेत गरे
  • १८ पुष २०८२, शुक्रबार १७:२३

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले छिमेकी खराब पनि हुन सक्ने बताएका छन् । शुक्रबार आईआईटी मद्रासमा आयोजित ‘शस्त्र २०२६– आईआईटी मद्रास टेक्नो–इन्टरटेनमेन्ट फेस्ट’ उद्घाटन कार्यक्रममा भारतीय विदेशमन्त्री जयशंकरले यस्तो धारणा राखेका हुन् ।

mulpatra

उनले आफ्नो सुरक्षाका लागि भारतले आवश्यकता अनुसार जे पनि गर्ने बताए । भारतले आफ्नो बचाउमा के गर्नुपर्छ र के गर्नु हुँदैन भनेर अर्को देशले तय गर्न नमिल्ने पनि उनले प्रस्ट पारेका छन् ।

कसैले पनि भारतलाई के गर्नु पर्छ र के गर्नु हुँदैन भनेर त्यस्तो अवस्थामा सिकाउन जरुरी नरहेको उनको भनाइ थियो ।जयशंकरको यो भनाइ पाकिस्तान लक्षित रहेको आकलन गरिएको छ । उनले अगाडि भने, ‘यदि कुनै देश जानाजान आतंकवाद फैलाइरहेको छ भने हामीसँग आतंकवादविरुद्ध आत्मरक्षाको अधिकार छ ।’

कार्यक्रममा भारतको विदेश नीतिका बारेमा विदेशमन्त्री जयशंकरसँग प्रश्न सोधिएको थियो । जबाफमा उनले भने, ‘छिमेकी खराब पनि हुन सक्छन् । यदि हामी पश्चिमतिर हेर्छौं भने थाहा हुन्छ– दुर्भाग्यले हाम्रोसाथ पनि यस्तै छ ।’

उनले राम्रा छिमेकीका रूपमा श्रीलंकाको उदाहरणसमेत दिए । विदेशमन्त्री जयशंकरले भने, ‘जब हामी आफ्नो छिमेकीलाई हेर्छौं, राम्रो छिमेकी देशमा लगानी गर्छौं । उनीहरूलाई सहयोग गर्छौं ।’

कोरोना महामारीको समयमा छिमेकीलाई खोप सहयोग उपलब्ध गराएको पनि उनले उल्लेख गरे । उनले भने, ‘श्रीलंका आर्थिक संकटले घेरिएको समयमा भारतले सहयोग गरेको थियो । उसलाई चार अर्ब डलरको आर्थिक सहायता प्रदान गरियो ।’

भारतका अधिकांश छिमेकीले भारतको विकास उनीहरूका लागि राम्रो हुने विश्वास राख्दै आएको विदेशमन्त्री जयशंकरले चर्चा गरे ।